२७, फागुन, काठमाडौं । कञ्चनपुरमा मारिएका
नेपाली नागरिक गोविन्द गौतमको पोष्टमार्टम रिपोर्ट भारतीय सीमा सुरक्षा बललाई उपलब्ध गराउन भारतीय दूतावासका अधिकारीले नेपाल सरकारसँग आग्रह गरेका छन् ।
कञ्चनपुरको गोलीकाण्डबारे एसएसबीले छानविन तथा अनुसन्धान गर्ने भन्दै त्यसमा सहयोगका लागि पोष्टमार्टम तथा फरेन्सिक रिपोर्ट कुटनीतिक माध्यमबाट उपलब्ध गराइदिन भारतले नेपालसँग आग्रह गरेको हो ।
भारतीय दूतावासका कार्यबाहक राजदूत बिनय कुमारले शुक्रबार बिहान परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीसँग भेट गरेका छन् । सो भेटमा उनले कञ्चनपुर घटनाबारे अनुसन्धान थालिने बताउँदै त्यसमा सहयोग गर्न नेपालसँग आग्रह गरेका थिए ।
भेटमा बिनयकुमारले मृत्यु भएका नेपाली नागरिक समवेदनासमेत प्रकट गरेको दूतावासले जनाएको छ ।
साथै सीमाक्षेत्रमा भारतको लखिमपुर खेरी र नेपालको कञ्चनपुर जिल्ला प्रशासनका अधिकारीहरुले हिंसा भड्किन नदिने र शान्ति सुव्यवस्था कायम राख्ने बारेमा छलफल भएको थियो ।
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट
पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन