एजेन्सी । आँखामुनि कालो धब्बा आउनुको कारण अनिन्द्रा ठानिन्छ । प्रशस्त सुत्नु निकै महत्वपूर्ण भए पनि निन्द्राको अभावले मात्र आँखामा काला र निला धर्सा आउँदैनन् । यसका अन्य कारण छन्ः
खराब जीनः हो, तपाईको आँखामा कालो धर्सा र दाग हुनुको दोष अभिभावकलाई पनि जान्छ । ‘वंशानुगत कारणले कतिपय मानिसको आँखामा काला धर्सा र धब्बा देखिन्छन्,’ न्यूर्योक सिटी अस्पतालका डम्र्याटोलोजिस्ट तथा वरिष्ठ छाला रोग विज्ञ डा ब्रुस काज भन्छन् । ‘भूमध्ये सागरको पृष्ठभूमिका मानिसहरुसमा यस्तो समस्या आउँछ,’ उनी भन्छन् ।
एलर्जीले पनि कालो बनाउँछ : आँखामा कालो धर्सा आउन इसेज्मा जस्तो छालाको रोग मात्र मुख्य जिम्मेवार छैन । एलर्जीले छालालाई रातो बनाउँछ र रगतको नलीलाई बिस्तार गरिदिन्छ,’ डा बैंक भन्छन् । ‘हाम्रो आँखाको ढकनी र आँखामुनिको छाला शरिरको अन्य भागको तुलनामा निकै पातलो भएकोले सुन्निएको रक्त नली अन्य क्षेत्रको तुलनामा कालो हुन्छ । तसर्थ सम्भव भएसम्म छिटो भन्दा छिटो छालाको एलर्जीको उपचार गर्नुहोस् ।
मेकअपले पनि धर्सा निम्त्याएको हुनसक्छ : मेकअपले कालो धब्बा देखाउँछ भन्दा विश्वास नलाग्न सक्छ । तर, तपाईले मासकारा, आइस्याडो वा कन्सिलर लगायतका उत्पादन प्रयोग गर्नु भएको छ भने तपाईको छालालाई असर गर्छ । ‘कतिपयल मेक अप गर्दा एलर्जी आउँछ र एलर्जीले आँखामुनि कालो धर्सा उत्पन्न हुन्छ,’ डा कताज भन्छन् । नयाँ आइलिन्डर प्रयोग गरेपछि आँखामा केही धब्बाजस्तो कालो आकार देखिने उनी बताउछन् । सौन्दयका सामग्रीमा स्वास्थ्यका लागि हानिकारक मानिएको लीड मिसाइएकोले पनि यो छालाका लागि उपयुक्त मानिदैन ।
हड्डीको बनौटः आँखामा कालो धर्सा देखिनुमा हड्डिको संरचना र विशेषगरी तपाईको अनुहारको आकारमा पनि भर पर्छ । ‘जब मानिसको आखामुनि आँशु झर्छ, आँखामा रहेको आँशुले छालालाई कालो धर्सायुक्त बनाउँछ,’ डा कज भन्छन् ।
नशाले पनि निलो छायाँ देखाउछः यदि तपाईको आँखाको भाग निलोडाम जस्तो देखिन्छ भने यो आँखामा रगत प्रवाह गर्ने नशाहरुको कारणले पनि हुन सक्छ । आँखामुनिको निलो नशाहरु कालो देखिन्छ र यसले आँखाको ढकनी र आँखा वरपरको भागलाई कालो बनाउँछ । तर, यो कालो केबल छालाभित्रको नशा मात्र हो ।
घामबाट जोगिन सक्नु भएको छैनः बाहिर घाममा निस्कदा छालामा चमक आउछ भन्ने तपाईलाई लाग्छ होला । तर, सत्य यो होइन । तपाईको कोमल आँखाको छाला घाममा देखाउँदा झन कालो हुन्छ । आँखाको ढकनी र आँखा वरपरको छाला शरिरमै सबैभन्दा पातलो हुन्छ । तसर्थ सूर्यको प्रकाश वा घामले यो भाग छिट्टै डढाइदिन्छ । जसका कारण तपाईंको छाला कालो दाग देखिन्छ र छालाको पारदर्शीतामा असर गर्छ ।
माघ ३,काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा निकै दुर्लभ मानिएको पक्षघातको उपचारमा प्रयोग हुने
पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
असार १८ ,मोरङ। नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई बलियो बनाउन कांग्रेस
वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने
गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए