बजेट आर्थिक सुधारको अन्तिम किस्ता होइन : अर्थमन्त्री पौडेल

 

काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको अन्तिम चरण नभएको स्पष्ट गर्नुभएको छ। मङ्गलबार काठमाडौँमा आयोजित ‘प्रि-मोनेटरी पोलिसी डिस्कसन’ तथा विशेष प्रकाशन सार्वजनिक समारोहमा उहाँले यस्तो टिप्पणी गर्नुभएको हो।

अर्थमन्त्री पौडेलका अनुसार बजेट आर्थिक सुधारको अर्को चरण मात्र हो, अन्तिम कडी होइन। सरकारले यसअघि अध्यादेशमार्फत कानुन संशोधन गर्दा पनि आर्थिक सुधारको प्रक्रिया अन्त्य नभएको भनिएको थियो, र बजेट पनि त्यही निरन्तरता हो। उहाँले स्वदेशी तथा विदेशी लगानी वृद्धि, उत्पादनशीलता विस्तार, देशभित्र रोजगारी सिर्जना, र नागरिकलाई सुखी जीवनको प्रत्याभूति नभएसम्म सुधारको प्रक्रिया जारी रहने बताउनुभयो।

“जबसम्म नेपालमा लगानीको मात्रा र दायरा बढ्दैन, उत्पादन र उत्पादकत्वमा सुधार हुँदैन, देशभित्र भविष्य खोज्ने युवाले यहीँ अवसर देख्दैनन् र समृद्ध अर्थतन्त्र निर्माण हुँदैन, तबसम्म सुधारका कदमहरू अगाडि बढाइरहन्छौँ,” पौडेलले भन्नुभयो।

उहाँले बजेटप्रति निजी क्षेत्रबाट उत्साहजनक प्रतिक्रिया आएको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो र बजेटको प्रभावकारी कार्यान्वयनका लागि निजी क्षेत्र, विज्ञ तथा सरोकारवालासँग सहयोग र सुझावको अपेक्षा पनि व्यक्त गर्नुभयो।

अर्थमन्त्री पौडेलले सरकारले सुधारको क्रमलाई निरन्तरता दिँदै जाने र आवश्यक सबै कदमहरू चाल्ने प्रतिबद्धता जनाउनुभएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले