बजेट आर्थिक सुधारको अन्तिम किस्ता होइन : अर्थमन्त्री पौडेल

 

काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको अन्तिम चरण नभएको स्पष्ट गर्नुभएको छ। मङ्गलबार काठमाडौँमा आयोजित ‘प्रि-मोनेटरी पोलिसी डिस्कसन’ तथा विशेष प्रकाशन सार्वजनिक समारोहमा उहाँले यस्तो टिप्पणी गर्नुभएको हो।

अर्थमन्त्री पौडेलका अनुसार बजेट आर्थिक सुधारको अर्को चरण मात्र हो, अन्तिम कडी होइन। सरकारले यसअघि अध्यादेशमार्फत कानुन संशोधन गर्दा पनि आर्थिक सुधारको प्रक्रिया अन्त्य नभएको भनिएको थियो, र बजेट पनि त्यही निरन्तरता हो। उहाँले स्वदेशी तथा विदेशी लगानी वृद्धि, उत्पादनशीलता विस्तार, देशभित्र रोजगारी सिर्जना, र नागरिकलाई सुखी जीवनको प्रत्याभूति नभएसम्म सुधारको प्रक्रिया जारी रहने बताउनुभयो।

“जबसम्म नेपालमा लगानीको मात्रा र दायरा बढ्दैन, उत्पादन र उत्पादकत्वमा सुधार हुँदैन, देशभित्र भविष्य खोज्ने युवाले यहीँ अवसर देख्दैनन् र समृद्ध अर्थतन्त्र निर्माण हुँदैन, तबसम्म सुधारका कदमहरू अगाडि बढाइरहन्छौँ,” पौडेलले भन्नुभयो।

उहाँले बजेटप्रति निजी क्षेत्रबाट उत्साहजनक प्रतिक्रिया आएको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो र बजेटको प्रभावकारी कार्यान्वयनका लागि निजी क्षेत्र, विज्ञ तथा सरोकारवालासँग सहयोग र सुझावको अपेक्षा पनि व्यक्त गर्नुभयो।

अर्थमन्त्री पौडेलले सरकारले सुधारको क्रमलाई निरन्तरता दिँदै जाने र आवश्यक सबै कदमहरू चाल्ने प्रतिबद्धता जनाउनुभएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायातका कर्मचारीविरुद्ध अख्तियारमा मुद्दा दायर

काठमाडौँ, असार ४ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय पर्साका अधिकृत (आठौँ तह)

वरिष्ठ अधिवक्ता महेश नेपाल न्याय परिषद सदस्यमा सिफारिस

२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद

ओली सरकारले ‘अध्यादेश’मार्फत गरेका १२ संवैधानिक निकायका ५२ नियुक्तिहरु यी हुन्

बुधबार, जेठ २८ काठमाडौँ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ४ वर्ष अघि संवैधानिक

दरबन्दीभन्दा  बढी कर्मचारी नराख्न गृह र संघीय मामिलालाई प्रधानमन्त्री कार्यालयको पत्र

जेठ २६,काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले गृह मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन

पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

जेठ २२, काठमाडाैँ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालसहित ९३

सहमतिअनुसार व्यवसायीहरुले यातायात बन्द राख्नु गलत : भौतिकमन्त्री

 जेठ २०, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीहरुले सार्वजनिक यातायात बन्द गरेर