चुनाव बिथोल्ने विप्लवको घोषणा : २० वर्षअगाडि नै प्रचण्ड नेतृत्वमा चुनाव ध्वस्त

 

काठमाडौं, २० फागुन ।   नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले स्थानीय चुनाव बिथोल्ने घोषणा गरेको छ । अहिले घोषणा गरेको स्थानीय चुनावलाई २० वर्षअगाडि नै प्रचण्डकै नेतृत्वमा ध्वस्त पारिएको भन्दै विप्लवले चुनावलाई आफ्नो पार्टीले मान्यता नदिने बताएका हुन् ।biplab-1

पार्टीको आठौँ महाधिवेशनले लिएका निर्णय सार्वजनिक गर्न बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेकपा महासचिव विप्लवले पुरानै चुनाव बोकेर आउने प्रचण्डलाई पुरानै तरिकाबाट जवाफ फर्काउने चेतावनी दिए । ‘२०-२२ वर्षपछाडि त्यही चुनाव बोकेर प्रचण्डजी आएपछि हामीले त्यसलाई कसरी बुझ्ने ? पुरानै चुनाव बोकेर आउने प्रचण्डजीसँग त्यस्तै हुन्छ,’ विप्लवले भने, ‘यही चुनावलाई ०५४ सालमा फिर्ता गर्‍यौँ, ०५६ मा ध्वस्त बनायौँ, ०६१ मा पनि ध्वस्त बनायौँ ।’

उनले सरकारले ३१ वैशाखामा घोषणा गरेको चुनावलाई सिद्धिएको व्यवस्थालाई पुनर्जीवित गराउने कोरा कल्पना मात्र भएको टिप्पणी गरे । ‘सिद्धिएको व्यवस्थालाई अथवा मुर्दालाई आर्यघाटबाट ल्याएर राखेर हुन्छ ?’ विप्लवले थपे, ‘यो प्रतिस्पर्धा हो, उहाँहरूले आफ्नो तरिकाबाट त्यसको तयारी गर्नुहोला, हामी आफ्नो तरिकाले त्यसलाई ध्वस्त बनाउनेछौँ ।’ यद्यपि, उनले आफूहरू चुनावको विरोधी भने नभएको पनि प्रस्ट्याए । ‘हामी चुनावविरोधी होइनौँ, जनयुद्धका क्रममै पनि आधार इलाकाहरूमा जनप्रतिनिधिहरूको चुनाव गरेर दुई सत्ताको अभ्यास गरेका थियौँ,’ विप्लवको भनाइ थियो ।

जनयुद्धकालीन संरचना ठीक: विप्लवले आफ्नो पार्टी संघीयताको विरोधी नभएको पनि बताए । पुरानै सत्ताको चरित्रमा संघीयता मात्र थप गरेर त्यसले उत्पीडित जाति, क्षेत्र र लिंगका जनताको हितमा कुनै काम नहुने उनको दाबी छ । ‘रक्सी पुरानै, तर बोतल मात्र नयाँ भनेजस्तो मात्र हो यो अहिले दलहरूले भनिरहेको संघीयता,’ विप्लवले भने, ‘सत्ता दलाल पुँजीपति चरित्रको हुने र त्यसमा संघीयता मात्र थप गरेर उत्पीडनको अन्त्य हुन्छ भन्ने सत्य होइन ।’ राज्यको संरचना माओवादीले जनयुद्धका क्रममा अवलम्बन गरेको स्वायत्त प्रदेश निर्माणअनुसारकै सही रहेको उनको भनाइ थियो ।

पार्टी नाम फेरियो,विप्लव बने महासचिव: आठौँ महाधिवशेनले नेकपा माओवादी  बाट पार्टीको नाम फेरेको छ । उसले नेपाल कम्युनिस्ट पार्टी मात्र नाम राखेको छ । विप्लवलाई महासचिवमा चयन गर्दै ८१ सदस्यीय केन्द्र्रीय समिति गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शुभारम्भ भएको चार वर्षमै सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने श्रमिकहरुको संख्या ४ लाख नाघ्यो

९ चैत,काठमाडौं । सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने योगदानकर्ताको सङ्ख्या चार लाख नाघेको छ ।

सरकारमा सम्मानजनक सहभागिता गराउन लोसपाको माग

९ चैत,काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले सत्ता गठबन्धनका दलहरुलाई सरकारमा सम्मानजनक सहभागिता गराउन

नेपालको सार्वजनिक ऋण २० खर्ब ८० अर्ब रुपैयाँ : फागुनमा मात्रै १० अर्ब रूपैयाँ ऋण

९ चैत,काठमाडौं। नेपालको सार्वजनिक ऋण २० खर्ब ८० अर्ब रूपैयाँ पुगेको छ। फागुनमा मात्रै १०

स्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्री दाहालको घोषणा

९ चैत,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पत्रकार र सबै प्रकारका सञ्चार माध्यमहरुको पेशागत तथा भौतिक

प्रधानमन्त्री दाहाललाई गगन थापाको आग्रह- नागरिकलाई नतर्साउनुस्

९ चैत,काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई नागरिकलाई नतर्साउन आग्रह गरेका

मदन भण्डारी राजमार्गमा ९७ वटा पुलको निर्माण कार्य सकियो, ८८ वटा बाँकी

९ चैत,काठमाडौं ।पूर्व–पश्चिम जोड्ने चौथो राजमार्गका रूपमा रहेको मदन भण्डारी राजमार्गअन्तर्गत ९७ पुलको निर्माण सम्पन्न