ढुक्क भएर नेपालमा लगानी गर्न शीर्ष नेताहरूको आग्रह

timthumb (1)नेपालको पूर्वाधार विकास तथा औद्योगिक क्षेत्रमा ढुक्क भएर लगानी गर्न प्रमुख दलका शीर्ष नेताहरुले स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई आग्रह गरेका छन्। काठमाडौंमा बिहीबारदेखि सुरु भएको दोस्रो लगानी सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख दलका शीर्ष नेताहरुले देशमा राजनीतिक परिवर्तन भइसकेकाले अब आर्थिक समृद्धिका लागि निर्धक्कसँग लगानी गर्न लगानीकर्तासित आग्रह गरेका हुन्।

सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्वदेशी तथा विदेशी लगानीकर्तासँग नेपालको पूर्वाधार विकास र औद्योगिक विकासका क्षेत्रमा लगानी गर्न अनुरोध गरेका छन्।

संविधानसभाबाट नयाँ संविधान जारी भएसँगै मुलुक राजनीतिक स्थिरताको बाटोमा अघि बढेको भन्दै प्रधानमन्त्री दाहालले नेपालको समृद्धिका लागि सबै लगानीकर्ताहरुलाई ढुक्क भएर लगानी गर्न आग्रह गरे।

नेपालको विकासका लागि वैदेशिक  लगानी भित्राउने उद्देश्यले आयोजना गरिएको सम्मेलनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि सबै लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न अनुरोध गर्नु भएको छ । राजनीतिक स्थिति क्रमशः सुदृढ हुँदै गएकाले नेपालको कृषि, सूचना प्रविधि, पर्यटन, यातायातलगायतका क्षेत्रमा लगानी गर्न कोही लगानीकर्ता डराउनु पर्ने अबस्था नभएकोमा उनले जोड दिए।

सम्मेलनमा पूर्वप्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेशी लगानीकर्ताहरुले नेपालमा लगानी गर्न डराउनु पर्ने स्थिति नभएको स्पष्ट पार्नु भएको छ । आफूहरु प्रतिपक्षी दल भए पनि मुलुकको समृद्धिका लागि सरकार भन्दा अघि रहेर सहयोग गर्ने भन्दै अध्यक्ष ओलीले विदेशी लगानीको सुरक्षाका लागि आफूहरु प्रतिवद्ध भएको बताए।

काठमाडौंको होटल सोल्टीमा सुरु भएको सम्मेलनमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा, उद्योगमन्त्री नवीन्द्रराज जोशी, पूर्वअर्थमन्त्री रामशरण महतलगायतले पनि स्वदेशी तथा विदेशी लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न अनुरोध गरेका छन्।

बिहीबारसम्म चल्ने सम्मेलनमा लगानीकर्ताहरुले करिब १ खर्ब रुपैयाँ बराबरको लगानी प्रतिवद्धता जनाउने अपेक्षा गरिएको छ । सम्मेलनमा सहभागी हुन करिब २५ देशका लगानीकर्ताहरु काठमाडौंमा आएका छन् । पहिलो लगानी सम्मेलन २५ वर्षअघि काठमाडौंमा भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सर्वोच्चको आदेशलाई लत्याउँदै धादिङ थाँक्रेमा अवैध ढुंगा उत्खनन्

काठमाडौं । धादिङको थाँक्रे गाउँपालिका ७ स्थित सातकिल्लामा सर्वोच्च अदालतको अन्तरिम आदेशलाई अवहेलना हुने गरि

यसरी तोकियो सहकारीमा बचतको सीमा

पुस १५, काठमाडौँ । सहकारी संस्थाको बचत रकम हिनामिनामा दण्डात्मक कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले सहकारीसम्बन्धी

जलवायु परिवर्तनले २०२४ मा विपत्ति निम्त्यायो

पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली

निजी संस्थाको भ्रष्टाचार छानबिन

यज्ञप्रसाद भट्टराई  ३० मंसिर २०८१, आइतबार निजी क्षेत्रमा हुने भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गरी मुद्दा चलाउने

प्रधानमन्त्रीसमक्ष प्रमुख सूचना आयुक्त र आयुक्तद्वारा सपथ

 मङ्सिर २६, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले

कोप-२९ मा हिमाली क्षेत्रमा परेको प्रभावलाई स्पष्ट राख्न सासदको राष्ट्रपतिलाई सुझाव

२२ कात्तिक, काठमाडौं । सांसदको एक समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आगामी कोप २९ मा