१९ फागुन, काठमाडौं । बिहीबार काठमाडौंबाट प्रकाशित प्रायः दैनिक पत्रिकाहरुको फ्रन्टपेजमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनसँग सम्बन्धित समाचारले स्थान पाएका छन् । त्यस्तै सत्तारुढ दलले मधेसी मोर्चालाई संविधान संशोधन थाती राखेर निर्वाचनमा सहभागी हुन गरेको आग्रह मोर्चाले अस्वीकार गरेको समाचार र स्थानीय तह निर्वाचन आचारसंहिता लागू भएको समाचारले प्राथमिकता पाएका छन् ।
यससँगै, नयाँ पत्रिका दैनिकले विद्युत ठगीमा २३ कर्मचारीविरुद्ध मुद्दाको तयारी भएकोलाई मुख्य समाचार बनाएको छ । पच्चिस वर्षपछि लगानी सम्मेलन हुन लागेको समाचारलाई अन्नपूर्ण पोस्ट् दैनिकले महत्व दिएको छ ।
नागरिक दैनिकमा अर्थमन्त्री कृष्णबहादुर महराले मनलाग्दी पैसा बाँडेको समाचारलाई प्राथमिकताका साथ छापेको छ । एमालेको मेची-महाकाली अभियानसम्बन्धी समाचारलाई राजधानी दैनिकले महत्व दिएर प्रकाशित गरेको छ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना चाहेको समाचारलाई गोरखापत्र दैनिकले महत्वका साथ फ्रन्टपेजमा छापेको छ । नेपाल समाचारपत्र दैनिकले स्थानीय निर्वाचनमा सेना पनि खटाइने समाचारलाई महत्व दिएको छ ।
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट
पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन