१६ फागुन, काठमाडौं । काठमाडौंबाट प्रकाशित भएका आजका दैनिक अखवारहरुले संविधान संशोधनका लागि हिजो संसद सचिवालयमा दर्ता भएका संशोधन प्रस्तावबारेका समाचारलाई फ्रन्टपेजमा स्थान दिएका छन् । आजको कान्तिपुर दैनिकले संविधान संशोधन बिधयेकमा सत्तापक्षनै बिभाजित शीर्षकमा समाचार छापेको छ । त्यस्तै उसले जग्गा प्लटिङ गर्दा मन्दिरलाई धरापमा पारिएको भन्दै ठूलो तस्वीर पनि प्रकाशन गरेको छ ।
आजको नयाँ पत्रिका दैनिकले संविधानमाथि १५ संशोधन शीर्षकमा मुख्य समाचार बनाएको छ । साथै स्ववियु निर्वाचन अन्योलमा भन्ने अर्को समाचार प्रकाशित गरेको छ । स्थानीय चुनावको मिति तय भएपनि तयारीमै बिभिन्न अड्चनहरु देखिएको भन्दै आजको नागरिक दैनिकले मुख्य समाचार बनाएको छ ।
रक्षा मन्त्रालयले आधा खर्ब माग गरेको समाचार पनि नागरिकमा छ । अन्नपूर्णं पोस्टमा भने बैदेशिक रोजगार ब्यवसायी आशाकुमारी लामा र शर्मिला पराजुली ढकाललाई राजदूतमा सिफारिस गर्ने आफ्नै निर्णयमा सरकार पछाडि हटेको समाचार प्रकाशित छ ।
सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ को नियम २० को अनुसूची ३ विपरीत यातायात व्यवस्था विभाग र प्रालिबीच भएको सम्झौताले सवारी चालक अनुमति पत्र लिन चाहने सोवाग्राहीलाई थप आर्थिक भार पर्ने भएकाले तत्कालका लागि ट्रायल सेन्टर सञ्चालन नगर्न न्यायाधिश इश्वरप्रसाद खतिवडाको एकल इजलासले आदेश दिएको हो ।
स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफ्ना शरीरका सात वटा अंग दान गरेका छन् । उनले मृत्युपश्चात् मुटु, फोक्सो, कलेजो, प्यान्क्रियाज, मिर्गौलालगायत दान गर्ने मञ्जुरी दिएका हुन् ।
स्वास्थ्य सेवा दिवसको अवसरमा आइतबार मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरले स्वास्थ्य मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा स्वास्थ्यमन्त्री थापाले मृत्युपश्चात् अंग दान गर्ने मञ्जुरीनामामा हस्ताक्षर गरेका हुन् ।केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठका अनुसार स्वास्थ्यमन्त्री थापा मुटु, कलेजो, फोक्सो, प्यान्क्रियाज दान गर्न मञ्जुरी दिने प्रथम नेपालीसमेत बन्न सफल भएका छन् । मिर्गौला दान गर्न मञ्जुरी दिने प्रथम नेपाली भने वरिष्ठ प्रत्यारोपणविद् डा. श्रेष्ठ आफैं हुन् ।
उक्त कार्यक्रममा ६० जनाले मृत्युपश्चात् मुटु, कलेजो, फोक्सो, मिर्गौला र प्यान्क्रियाज दान गर्ने मञ्जुरीनामामा हस्ताक्षर गरेको केन्द्रले जनाएको खबर आजको अन्नपूर्ण पोष्टमा छ ।
त्यस्तै, स्वास्थ्य सेवा दिवसकै अवसरमा आयोजित निःशुल्क मिर्गौला जाँच शिविरमा दुई सय २२ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।जसमा दुई सय २२ जनाकै पिसाब जाँच, एक सय ७५ जनाको रगत जाँच र ४० जनाको अल्ट्रासाउन्ड गरिएको थियो । उक्त शिविरमा २१ जनामा मिर्गौलाको रोग लागेको पाइएको केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले जानकारी दिए ।
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट
पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन