फागुन 14 । सरकारी कार्यालयबाट हुने भुक्तानी आगामी आइतबारदेखि अनलाइनमार्फत दिइने भएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालयले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बिल पेस गर्ने पक्षको बैंक खातामा रकम जम्मा हुने गरी फागुन १५ देखि व्यवस्था मिलाउन लागेको जनाएको हो । २५ हजारभन्दा माथिको भुक्तानी गर्दा अनिवार्य रुपमा अनलाइनमार्फत उपलब्ध गराइने कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
महालेखाले भुक्तानीका लागि नेपाल क्लेरिङ हाउस लिमिटेड (एनसिएचएल) मार्फत सम्बन्धित बैंकमा अनलाइनमार्फत भुक्तानी पठाउनेछ । अनलाइनमार्फत भुक्तानी हुने व्यवस्था लागू भएपछि चेक लिएर बैंकसम्म धाउनुपर्ने अवस्थाको अन्त्य हुने कार्यालयका प्रवक्ता केबल भण्डारीले जानकारी गराए ।
हाल भुक्तानीका लागि चेक साट्न पाँच दिनदेखि एक महिनासम्म लाग्दैआएको छ । पहिलो चरणमा सिंहदरबारभित्र रहेका कार्यालयको मात्र अनलाइनमार्फत भुक्तानी दिइने छ ।
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद
काठमाडौं, असोज १० (शुक्रबार)। अर्थ मन्त्रालयमा आज स्थानीय दातृ निकाय र अन्तर्राष्ट्रिय साझेदार निकायका प्रमुखहरूसँग
काठमाडौँ, भदौ ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी तथा उद्यम गर्न कुनै अवरोध
काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र