डिजिटल पेमेन्टमा गए ५० अर्ब आम्दानी बढ्छः गभर्नर

IME-Digital-750x359 (1)काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जिवी नेपालले डिजिटल पेमेन्टमा गएमा ५० अर्ब रुपैयाँको आम्दानी बढ्ने बताएका छन् ।

इन्टरनेसनल मनी एक्पप्रेस (आइएमई)को सहायक कम्पनी आइएमई डिजिटलले शुरु गर्न लागेको डिजिटल प्रोडक्ट आइएमई वालेटका लागि सक्षम तथा अाइएमर्इ डिजिटलबिच भएको सम्झौता कार्यक्रममा गभर्नर नेपालले दुरसंचार प्राधिकरणले सहयोग गरेमा ५० अर्ब रुपैयाँ थप आम्दानी बढाउन सकिने बताए ।

‘प्राधिरकण र केन्द्रीय बैंक मिलेर जाने हो, यो प्रविधि नेपालमा सजिलै अँगाल्न सक्छन्, डिजिटल पेमेन्ट नेपालले तत्काल सुरु गर्नु पर्छ, अहिले अन्य बाटोबाट पैसा बाहिर गइरहेको छ,’ गभर्नर नेपालले भने ।

उनले राष्ट्र बैंकले नियमन सुरु गरेको जानकारी दिदै बैंकिङ क्षेत्रमा यसमा जोडिएर आउने बताए । आईएमईले यसमा भबिष्य देखेर नै लगानी गरेकोमा शुभकामना दिदै गभर्नर नेपालले केन्या, मोजाम्बीक जस्ता देश पुरै डिजिटल पेमेन्टमा गएको बताए । उनले अन्य बाटोबाट आइरहेको रेमिटेन्सलाई मोबाइल बैकिङबाट ल्याउन सकिनेमा जोड दिए ।

गभर्नर नेपालले अहिले केहि डिजिटल प्लेटफर्मका लागि रकम विदेशीरहेको भन्दै नेपालीले नै बनाउनु खुशीको कुरा भएको बताए ।

नेपाल बैंकर्स संघका अध्यक्ष अनिल केशरी शाहले मोबाइल मनी अहिले सपना भएपनि टाढा नरहेको बताए । ‘पहिला आईएमइले रेमिट्यान्स ल्याउँछुभन्दा कसैले पत्याएनन्, बैंकहरूले रेमिट्यान्समा गरेको गल्ती मोबाइल मनिमा गर्ने छैनन्,’ शाहले भने ।

नेपाल दुरसंचार प्राधिकरणका निर्देशक आनन्दराज खनालले डिजिटल फाइनान्सिङमा जानको लागि आफुहरु सहयोग गर्न तयार भएको बताए ।

आइएमईका अध्यक्ष चन्द्र ढकालले अबको दुनियाँ डिजिटल समय भएको भन्दै ग्रामीण क्षेत्रका जनतालाई सेवा पुर्याउन नयाँ प्रविधि ल्याएको बताए ।

वित्तीय पहुँच विस्तारमा सक्रिय संस्था सक्षमको सहयोगमा आइएमईले नयाँ सेवा शुरु गर्ने घोषणा गरेको हो । यो सेवा  नेपाल राष्ट्र बैंकको अनुमति पछि मात्र शुरु हुने कम्पनीले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबिच भेट

वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद

सरकारका नीतिप्रति दातृ निकायहरूको समर्थन व्यक्त

काठमाडौं, असोज १० (शुक्रबार)। अर्थ मन्त्रालयमा आज स्थानीय दातृ निकाय र अन्तर्राष्ट्रिय साझेदार निकायका प्रमुखहरूसँग

नेपालमा लगानी गर्न कुनै अवरोध छैन : प्रधानमन्त्री ओली

काठमाडौँ, भदौ ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी तथा उद्यम गर्न कुनै अवरोध

राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक, कर्जाको सीमा वृद्धि [पूर्ण पाठसहित]

काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र

बजेट आर्थिक सुधारको अन्तिम किस्ता होइन : अर्थमन्त्री पौडेल

  काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको