ट्यांकरचालकको हडतालले राजधानीमा इन्धन अभाव

oil-tanker९ फागुन, काठमाडौं । ढुवानी व्यवसायी र ट्यांकर चालकको निजी स्वार्थ प्रेरित हडतालका कारण उपत्यकामा इन्धन अभाव भएको छ । चालकले गरेको एकदिने हडतालले तीन दिनदेखि इन्धन वितरण प्रभावित हुँदा उपभोक्ताले सास्ती खेप्नुपरेको छ ।

ट्यांकर चालकले आयल निगमको ढुवानी विनियमालीमा भएको संशोधनलाई लिएर शुक्रबार इन्धन लोड–अनलोड र ढुवानी ठप्प पारेका थिए । सोही कारण शुक्रबार, शनिबार र आइतबार पम्पमा लामो लाइन लागेको छ । ट्यांकर चालकले विभिन्न १५ बुँदे माग निगमसमक्ष राखेका छन् ।

 

आयल निगमले ढुवानी विनियमावली संशोधन गर्दै एउटा ट्यांकरबाट २ सय लिटरभन्दा बढी तेल कम देखिए चालकले प्रचलित मूल्यको दोब्बर बढी रकम जरिवानाबापत तिर्नुपर्ने व्यवस्था गरेको छ । निगमले बीचबाटोमा हुने तेल चोरी नियन्त्रण गर्न विनियमावली कडा बनाएको हो ।

तर, चालकले यसको विरोध गरेका छन् । उनीहरूले प्राविधिक नोक्सानी हुने भएकाले तोकिएको लक्ष्यभन्दा कम भए परिमाणबराबरको रकम प्रचलित मूल्यअनुसार मात्रै भुक्तानी गर्न सक्ने जनाएका छन् । त्यस्तै निगमले आवश्यकताका आधारमा ट्यांकर थप गर्दा एउटा व्यावसायीले कम्तीमा ५ वटा ट्यांकर चलाउनुपर्ने मापदण्ड बनाएको छ । चालकले यो मापदण्डको पनि विरोध गरेका छन् ।

अहिले व्यक्तिपिच्छे ट्यांकर चालक हुने र सबैजसो चाकलले आफ्नै ट्यांकरबाट ढुवानी गरिरहेका छन् । धेरै ढुवानी व्यवसायी हुँदा बारम्बार समस्या झेलेको निगमले थोरै व्यवसायीसँग धेरै ट्यांकर भाडामा लिएर सञ्चालन गर्न खोजेको हो । ट्यांकर साहुसमेत रहेका चालकले एउटा व्यक्तिले एउटा ट्यांकर पनि भाडामा चलाउन पाउनुपर्ने माग गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

 वडाध्यक्ष धमलाविरुद्ध जवरजस्ती करणीको जाहेरी दर्ता

 आश्विन ०७, ओखलढुंगा । ओखलढुंगाको सुनकोशी गाउँपालिका वडा नंम्बर १० का वडाध्यक्षविरुद्ध जवरजस्ती करणीको जाहेरी

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

टेकुुमा अत्याधुुनिक प्रविधिको पेट्रोल पम्प निर्माण हुने

 भदौ१९,काठमाडौँ। नेपाल आयल निगमले टेकुमा अत्याधुनिक प्रविधिसहितको नयाँ पेट्रोल पम्प निर्माण प्रक्रिया अगाडि बढाउन लागेको

कागबेनीका बाढीपीडितलाई राहत वितरण

कागबेनी (मुस्ताङ),  भदौ १८ गते । मुस्ताङको कागबेनीमा केही समय अघि आएको बाढीपीडितका लागि राहत

यस्तो छ आजको मौसम 

१० भाद्र २०८०, काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित

ललिता निवास प्रकरणको प्रतिवेदन सिआईबीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा बुझायो

काठमाडौँ, भदौ  ५ गते । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले ललिता निवासको सरकारी जग्गा हिनामिना