उमेरको हिसावले १६ देखि ४० वर्षसम्म उमेर समूहकाहरूलाई युवा मानिन्छ । यसलाई युवा मात्र नभई उत्पादक जनशक्तिको रूपमा समेत लिइन्छ । नेपालको यस्तो जनशक्ति अधिकांश प्रवासमा रहेको यथार्थ हामीसमक्ष छ । विभिन्न मुलुकहरूमा गरी अहिलेसम्म ४० लाखको हाराहारीमा युवाहरू कार्यरत छन् । युवाहरू अधिकांश शिक्षित वर्गको रूपमा गनिन्छन् । स्वदेशमै प्रचुर सम्भावना रहँदा रहँदैपनि उचित व्यवस्थापन तथा स्रोत र साधनको समुचित उपयोग गर्न नसक्दा यस्ता कर्मशील युवाहरू आफ्नो उज्ज्वल भविष्यको सपना बोकेर विदेशिन बाध्य छन् । देशमा राजनीतिक स्थिरता नहुनु, घरी घरी विनाकारण सरकार परिवर्तन भइरहनु, व्याप्त भ्रष्टाचार, अनियमितता र शासनप्रणाली समावेशि र समानुपातिक नहुनु तथा विद्यमान राजनीतिक दल आफ्नो स्वार्थभन्दा माथि उठ्न नसक्नुको परिणाम हो राजनीतिक अस्थिरता । यस्तो राजनीतिक अस्थिरताले देशको स्रोत र साधनको सही उपयोग हुन नसक्दा ऊर्जाशील युवापुस्ता परदेश भासिन बाध्य भएका छन् ।
अब राजनीतिक व्यवस्था होइन, देशको अवस्था फेर्न भनेर ‘समृद्धि सम्भव छ हाम्रै पालामा’ भन्ने मूल मन्त्रका साथ नयाँ नेपाल बनाउन कम्मर कसेको नयाँ शक्ति एउटा नयाँ पार्टी नभई वैकल्पिक शक्तिको रूपमा नेपाली राजनीतिक आकासमा उदाएको छ । नयाँ शक्ति पार्टी नेपाल र यस पार्टीले लिएको एजेण्डा, बिचार र कार्यशैलीलाई आज विश्वलेनै रुचीपूर्वक नियालिरहेको छ । विकासमुखी एजेण्डालाई मूख्य कार्ययोजना बनाएर लाखौं जनताको बीचबाट सामूहिक रूपमा सपथ खाएर घोषणा गरिएको यस पार्टी आज लाखौं नेपालीहरूको आश र भरोसाको केन्द्र बन्न पुगेको छ । यसकारण यो आफैमा पृथक त छ नै, त्योभन्दा बढी प्रविधियुक्त र समावेशी समेत छ । नेतृत्व गर्र्ने पात्रको स्वच्छ चरित्र, निष्ठा र स्पष्ट बिचार र विश्वले पत्याएको हुनाले नै पनि यो पार्टी अन्य पार्टी भन्दा पृथक र जनप्रिय रहनेमा ढुक्क हुन सकिन्छ । यति भनिरहँदा एउटै व्यक्तिमाथि सबै शक्ति र आशा केन्द्रित गर्नु कदापि हुँदैन । यस्तो भयोभने यो पार्टी नाममात्रैका नयाँ बन्नसक्ने खतरा रहन्छ । त्यसैले सामूहिक नेतृत्व र छलफल तथा योजनाकासाथ अघि बढ्नुपर्ने चुनौती आज हामीसमक्ष छ ।
नयाँ शक्ति पार्टीको अहिले स्वदेशमा जुन गतीले संगठन विस्तार भइरहेको छ, त्योभन्दा तीव्र गतिमा प्रवासमा संगठिन हुने क्रम जारी छ । ‘नेपाली अन्तर्राष्ट्रिय समाज’को नामबाट विश्वमा नेपाली रहेको ठाउँमा आफ्नो संगठन विस्तार गरिरहेका छन् । प्रान्त प्रान्त र सहर सहरमा प्रवासी नेपालीहरू संगठित हुँदैछन् । प्रवासी नेपालीहरूले विदेशमा विधिको शासन देखेका छन्, उत्तरदायी सरकार देखेको छन्, समान नियम कानून भोगेका छन्, राजनीतिक स्थायित्वको महशुस गरेका छन् र समृद्ध समाजको अनुभव गरेका छन् र उनीहरू चाहन्छन् आफ्नो मातृभूमि पनि यस्तै होओस् । आफ्नो देशको राजनीतिक अस्थिरता र आपराधिक चरित्रका नेताहरू देख्दा उनीहरूमा एकतमासको आक्रोश उत्पन्न भएको छ । र, नयाँ शक्ति पार्टीले देशको मुहार फेर्न सक्छ भन्ने विश्वासका साथ उनीहरू प्रवासमा नयाँ शक्तिको संगठन विस्तारमा होमिएका छन् । उनीहरूलाइ मुख्य नेतृत्व डा. बाबुराम भट्टराईको निष्कपट विचार र सादगी जीवनशैलीप्रति विश्वास पलाएको छ । स्रोत र साधनले निपूर्ण यति राम्रो सुन्दर र सम्भावना बोकेको देश नेपालमा पद्दती र नेतृत्वका कमीले विकास नभएको कुरा महशुस गरेको उनीहरू यस कारण पनि नयाँ शक्तिमा समाहित भएका हुन् ।
देश र जनताप्रतिको इमान्दारिता र स्पष्ट बिचारको कारण प्रवासी नेपालीहरू डा. भट्टराईप्रति प्रति धेरै आशा र भरोसा राख्दछन् । अर्थमन्त्री हुँदाको अपेक्षा गरेभन्दा अधिक उपलब्धि (राजश्व संकलन, युवा स्वरोजार, ३० हजार रूपैयाँ सम्मको कृषि ऋण मिनाहा र प्रधानमन्त्री कार्यकालमा बिना बजेट पनि काठमाडौंमा सडक विस्तार जस्ता जनप्रिय काम)ले प्रवासी नेपालीहरू बाबुराम भट्टराईको ‘भिजन’ प्रति धेरै विश्वास गर्ने गर्दछन् । धन सम्पत्ती कमाउनको लागि मात्र हुन्थ्यो भने अहिले नेपालको सबैभन्दा धनी व्यक्तिको रूपमा स्थापित हुन सक्ने हुँदाहुँदै पनि देश र जनताको समृद्धिका लागि निरन्तर लागिरहेकाले पनि प्रवासी नेपालीहरू यस संगठनमा समाहित हुन आकर्षित छन् । देश समृद्ध हुनको लागि स्थिर सरकार र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासन प्रणाली आवश्यक छ । नयाँ शक्ति नेपालले यस मुद्दालाई प्रमुख रूपमा उठाएकोले पनि प्रवासी नेपालीहरूको मन जित्न सफल देखिन्छ यस पार्टी ।
जसरी नयाँ शक्तिप्रति प्रवासीदेखि सबै नेपालीजनहरूमा जोश, जाँगर र आशा छ, उहाँहरूको जोश जाँगर र आशालाई अझ थप उत्साहित बनाउनको लागि बिचार र कार्यक्रमबिच तालमेल हुनु आवश्यक छ । नभए नयाँ शक्ति वैकल्पिक शक्ति बन्न नसक्ने प्रष्टै छ र यही नै नयाँ शक्ति नेपालको लागि प्रमुख चुनौतीको विषय हो ।
“अबको योगको गन्तव्य बिश्व योगगुरुदेश नेपाल” पीपुल नेपाल न्यूज जेठ ९ काठमाण्डौं । विश्वशान्ति
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
साउन २८, काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विदेशबाट आउने यात्रुका लागि मालवस्तुको स्वघोषणा कक्ष सञ्चालनमा
८ वैशाख,काठमाडौं। बितेको २०७९ सालमा वैदेशिक रोजगारिमा जाने नेपालिहरुको संख्या सात लाख नाघेको छ। गत
१५चैत,काठमाडौं । वैदेशिक रोजगार बोर्डले आजबाट टेलिमेडिसिन सेवा सुरु गरेको छ। वैदेशिक रोजगारीमा गएका
९ चैत,काठमाडौँ । मानव तस्करीका गिरोहले दुबईमा बेचिएकी नेपाली चेलीको उद्दार गरिएको छ । सुर्खेतको