काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीयता कार्यान्वयन नै सबै भन्दा चुनौतिपूर्ण रहेको बताएका छन् । प्रधानमन्त्री दाहालले ६७ औं प्रजातन्त्र दिवसका अवसरमा शनिबार काठमाडौंको सैनिकमञ्चमा राष्ट्रपति विद्यादेवी भण्डारी र अन्य विशिष्ट व्यक्तिको उपस्थितिमा गरिएको विशेष कार्यक्रमलाई सम्बोधन गर्दे प्रधानमन्त्री दाहालले संविधानले स्थापित गरेका सबै उपलव्धि महत्वपूर्ण भएपनि कार्यान्वयनको दृष्टिले संघीयता नै सबैभन्दा चुनौतिपूर्ण रहेको बताएका हुन् ।
एकात्मक र केन्द्रीकृत शासन व्यवस्थालाई सङ्घात्मक ढाँचामा ढाली अधिकार, स्रोत र साधनलाई संविधानको भावनाअनुरुप प्रदेश र स्थानीय तह मार्फत् जनता समक्ष पुर्याउने मुल उद्देश्य रहेको भन्दै उनले त्यसका लागि निर्वाचन आवश्यक भएकोमा जोड दिए । नयाँ संविधान अनुसार निर्वाचनसँग सम्बन्धित राजनैतिक र कानुनी मुद्दाको लगभग टुंगो लागिसकेकाले निर्वाचनप्रति आशङ्का नगर्न पनि प्रधानमन्त्री दाहालले आग्रह गरे ।
संविधान कार्यान्वयनका लागि चुनाव अनिवार्य रहेको र चुनाबले मात्रै शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुर्याई राजनैतिक सक्रमण अन्त्य गर्ने कुरामा सरकार गम्भीर र सचेत भएको प्रधानमन्त्री दाहाले उल्लेख गरे । सङ्घीयता कार्यान्वयनका लागि चुनाव मात्रै पनि पर्याप्त नहुने भन्दै उनले त्यसपछि बन्ने सरकारको दृष्टि र योजना महत्वपूर्ण हुने बताए । प्रधानमन्त्री दाहालले प्रजातन्त्र प्राप्तीका लागि सात साल देखि अहिले सम्म भएको घटना परिघटनाको संक्षिप्त दृष्टान्त दिदै ६७ औं प्रजातन्त्र दिवसले देशको राजनीतिक स्थिरता, लोकतन्त्रको सुदृढीकरण, संविधानको कार्यान्वयन र जनताको जीवन पद्दतिमा गुणात्मक परिवर्तन ल्याउन प्रेरणादायी भूमिका खेल्न सकोस भनि शुभेच्छा व्यक्त गरे । रासस
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट
पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन