February 14, 2017

यी हुन् हिजाब लगाएर बुलेट चलाउने ‘असामान्य’ युवती, देशैभरी चर्चित

एजेन्सी । अन्तर्राष्ट्रिय जगतमा युवा पुस्तामा निकै लोकप्रिय भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस केही वर्षयता नेपाली युवापुस्तामा पनि लोकप्रिय बन्दै गएको छ । हरेक वर्षको फेब्रअरी १४ तारिखका दिन भ्यालेन्टाइन डे मनाइने भए पनि त्यसको एक साताअघिदेखि नै उत्सव मनाउने गरिएको छ । लाइट नेपालबाट साभार गरिएको |

इशापूर्व २६९ तिर रोमका पूजारी सन्त भ्यालेन्टाइनको प्रेम प्रसंगलाई लिएर नै विश्वका विभिन्न मुलुकमा भ्यालेन्टाइन डे मनाउने गरिएको छ । विभिन्न ठाउँमा विभिन्न किसिमले प्रणय दिवस मनाउनको चलनकाबीच भारतको एक कलेज अनौठो किमिसले भ्यालेन्टाइन डेको अवसरमा ‘गर्लफ्रेन्ड’ ‘ब्वायफ्रेण्ड’ एउटा रुखको पूजा गर्ने गरिन्छ ।

भारतको नयाँ दिल्लीस्थित दिल्ली युनिभर्सिटीको हिन्दु कलेजमा एउटा किकरको रुख छ । त्यस रुखलाई विद्यार्थीहरु ‘भर्जिन ट्री’ भन्ने गर्छन् । युवा युवतिहरुका लागि प्रेमको केन्द्र मानिने यो रुखको ‘भ्यालेन्टाइन डे’ (प्रणय दिवस)का दिन विशेष पूजा गर्ने गर्दछन् ।

प्रणय दिवसका दिन अर्थात फेब्रुअरी १४ मा यो रुखको पानीले भरिएको रातो बेलुन तथा कण्डमले सजाउने गरिन्छ । रुखलाई सजाउनुका साथै विद्यार्थीहरुले ‘दमदमी माई’को फोटो पनि सजाउने गर्दछन् । कुनै बलिउड नायिकालाई दमदमी माई बनाउँने गर्दछन् । ती नायिकाको फोटो पनि रुखमा सजाउने गर्दछन् ।

पूजा गरेको ६ हप्तामा ‘गर्लफ्रेण्ड’ वा ‘ब्वायफ्रेण्ड’ !

कलेजका विद्यार्थीहरुकाबीच यो पूजाका अनौठो मान्यता छ । भ्यालेन्टाइन डेमा गरिने उक्त पूजाको जो सहभागी भइ प्रसाद लिन्छन्, उसलाई ६ हप्ताभित्र ‘गर्लफ्रेण्ड’ वा ‘ब्वायफ्रेण्ड’ मिल्ने विश्वास विद्यार्थीहरुले गर्ने गरेका छन् ।

यदि कोही भर्जिन छ भने एक वर्षभित्र उसको भर्जिनिटी पनि भंग हुने मन्यता पनि रहेको छ ।

सन् २०१५ को प्रणय दिवसमा मोडल तथा बलिउड नायिका लिसा हेडनलाई ‘दमदमी माई’ बनाएको थियो भने सन् २०१४ मा नायिका दीपिका पादुकोणलाई दमदमी माईको संज्ञा दिइएको थियो ।

कसरी मनाउन थालियो भ्यालेन्टाइन डे ?

इशापूर्व २६९ तिर रोमका पूजारी सन्त भ्यालेन्टाइन प्रेममा परेका थिए । जेलमै बस्दा जेलरकी छोरीसँग उनको प्रेम बस्यो । प्रेमविरोधी राजाद्वारा स्थापित जेलमै उनले प्रेम साटासाट गरे ।

मृत्युदण्डको सजायसँगै फाँसीको अघिल्लो दिन उनले आफ्नी प्रेमिकालाई भावविह्वल प्रेमपत्र लेखे । त्यसपछि भ्यालेन्टाइनलाई मृत्युदण्ड दिइयो । उनलाई फेब्रुअरी १४ का दिन मृत्यु दण्डा दिइएको थियो । खुला प्रेमको चुनौती दिँदै मृत्युवरण गरेका कारण सोही दिन हरेक वर्ष भ्यालेन्टाइन डे मनाउने गरिएको किंवदन्ती छ ।

रोममा राजा क्लाउडियस द्वितीयको शासनकालमा रोमन युवालाई प्रेममा पर्न र विवाह गरेर घरजम गर्न निषेध गरिएको थियो । उनी युद्ध गरेर रोमन साम्राज्य विस्तार गर्ने आफ्नो अभीष्ट पूरा गर्न सैनिक र राज्यका युवालाई प्रेम तथा विवाहबाट टाढा राख्न चाहन्थे । आफ्नी श्रीमती, सन्तान र प्रेमीको प्रेमका कारण युद्धमा जाँदैनन् भन्ने सोच राजाको थियो । उनले रोमका चर्चहरूमा विवाह गराउनेलाई सजाय दिने उर्दी नै जारी गरेका थिए ।

सैनिक र युवालाई जस्तै चर्चका पूजारी भ्यालेन्टाइनलाई यस निर्णयले विचलित तुल्याएको कारण १४ फेब्रुअरीलाई प्रणय दिवसका रुपमा मनाउने चलन चलेको मानिन्छ । श्राेत – खबर डबली

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबिच भेट

वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री

नेपालको अदालतमा अभिलेख सङ्कट : अबको बाटो कता?

काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष

प्रधानमन्त्री ओली र चिनका अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन बीच सहकार्यबारे छलफल

काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का

परराष्ट्रमन्त्री डा. आरजु राणाद्वारा जलवायु वित्त र दिगो कृषि प्रणालीमा अन्तर्राष्ट्रिय सहयोगको आग्रह

असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त

अन्तर्राष्ट्रिय वित्तीय प्रणालीको सुधारमा प्रधानमन्त्री ओलीको जोड

सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष

बन्द भएको अमेरिकी कारागार अल्काट्राजको पुनः खोल्न ट्रम्पको आदेश

 वैशाख २३  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन