February 14, 2017

नेपालमै नोट छाप्ने तयारी

काठमाडौं—अति सुरक्षित रुपमा गर्नुपर्ने छपाइका काम सरकारले स्वदेशमा नै गर्ने तयारी गरेको छ ।

सुरक्षण मुद्रणसम्बन्धी विधेयकको मस्यौदामाथि आज सूचना तथा सञ्चार मन्त्रालयमा भएको छलफलमा नोट (कागजी मुद्रा), राहदानी, स्टिकर, सवारी चालक अनुमतिपत्रलगायतका छपाई विदेशस्थित कम्पनीबाट गराउनुभन्दा स्वदेशमा नै गर्नुपर्नेमा जोड दिइएको हो।
राज्यका अति महत्वपूर्ण वस्तु विदेशमा छाप्नु सोचनीय विषय भएको जनाउँदै मन्त्रालयले स्वदेशमा नै सुरक्षण मुद्रणसम्बन्धी व्यवस्था गर्नुपर्नेमा जोड दिइएको मन्त्रालयका सहसचिव किशोरजङ्ग कार्कीले जानकारी दिए।

भिन्नभिन्न छपाइका कामका लागि विदेशस्थित मुद्रण कम्पनीमा छपाई गर्ने गरिएको र यस्तो छपाइवापत ठूलै रकम खर्च हुने गरेको छ। त्यस्तो खर्चको भुक्तानी वैदेशिक मुद्रामा गर्नुपर्ने भएकाले वैदेशिक मुद्राको सञ्चितीमा समेत भार पर्ने गरेको छ।

सरकारले पटक–पटक घोषणा गरेको भएपनि हालसम्म सुरक्षण मुद्रण नेपालमा गर्न नसकिएको अवस्थालाई ध्यानमा राखी मुद्रण विभागले तयार गरेको सुरक्षण मुद्रणसम्बन्धी विधेयकको मस्यौदाउपर सरोकारवालाबीच आज छलफल गरिएको सहसचिव कार्कीले बताए।
प्राप्त सुझावका आधारमा मुद्रण विभागले प्रस्तावित विधेयक परिमार्जन गरी मन्त्रालयमा पेस गर्ने छ।

मन्त्रालयले सम्बद्ध निकायको परामर्श लिई अन्तिम रुप दिने निर्णय गरेको छ ।

सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको अध्यक्षतामा बसेको बैठकमा मन्त्रालयका उच्चपदस्थ कर्मचारी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, निर्वाचन आयोग, गृहमन्त्रालय, परराष्ट्र मन्त्रालय, उद्योग मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, सूचना विभाग, मुद्रण विभाग र नेपाल राष्ट्र बैंकका प्रतिनिधि तथा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्षलगायत सहभागी थिए। रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन