झापाको दमकमा यस्तो बन्दैछ विश्वकै अग्लो बुद्धको मूर्ति | आयोजनामा प्रस्ताव गरिए अनुसारका संरचना निर्माणका लागि कम्तीमा १ हजार बिगाहा जग्गा आवश्यक पर्ने |

Buddha-13022017112450-1000x0काठमाडौ | झापाको दमकमा विश्वकै सबैभन्दा अग्लो दाबी गरिएको मूर्ति निर्माण प्रक्रिया सुरु भएको छ । मूर्तिमात्रै १६४ मिटर अग्लो हुनेछ । ‘मूर्तिको बेसमा ३ तल्ला हुन्छ,’ दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले भने, ‘तलसमेत जोड्दा १९४ मिटर अग्लो हुन्छ ।’

‘विराट बुद्ध प्रतिमा आयोजना’ को विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । राजधानीमा भएको कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसमक्ष डीपीआर सार्वजनिक गरियो । पूर्वपश्चिम राजमार्गको दमक चौकबाट १५ किलोमिटर उत्तरमा मूर्ति रहनेछ ।

आयोजनाका लागि अहिले ३६ बिगाहा जमिन छुट्याइएको छ । तर सरोकारवालाहरुले भने उक्त जमिन थोरै भएको भन्दै थप जमिन अधिग्रहण गर्न माग गरेका छन् । पूर्ववर्ति ओली सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेटमा विश्वकै अग्लो बुद्धमूर्ति निर्माण गर्ने योजना अघि सारेको थियो ।

एमाले अध्यक्ष ओलीले पनि बेलडाँगी भुटानी शरणार्थी शिविर करिव खाली हुने अवस्थामा पुगेको भन्दै उक्त जमिन प्रयोग गर्न सकिने बताए । ‘यो वृहत्त् आयोजना हो,’ उनले भने, ‘कम्तिमा १ हजार जग्गा चाहिन्छ, त्यसको प्रबन्ध गर्नुपर्छ ।’

आयोजनामा प्रस्ताव गरिए अनुसारका संरचना निर्माणका लागि कम्तीमा १ हजार बिगाहा जग्गा आवश्यक पर्ने सरोकारवालाले पनि सुनाए ।

परियोजनामा बौद्ध विश्वविद्यालय, चैत्य, ध्यान केन्द्रहरु, पुस्तकालय, अष्टबुद्ध चक्रपथ, संग्राहलय, खुला ध्यान केन्द्र, अखण्ड दीप आदि सामेल गराइने दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले जानकारी दिए । परियोजना निर्माणपछि बौद्ध पर्यटनको विकास, बौद्ध चक्रपथमा थप आकर्षण र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ ।

हंसेदुम्से सामुदायिक बनउपभोक्ता समितीको अधिनमा रहेको उक्त जंगल क्षेत्र मासेर बुद्ध पार्कका लागि उपयोग गर्न नखोजिएको पनि ओलीले स्पष्ट पारे । ‘त्यस जंगलमा जतिवटा रुख छन् त्यति नै, अथवा अझै बढी रुख खोप्न सकिन्छ,’ उनले भने ।

ओलीले बुद्धपार्कमा मौरी र चराचुरुंगीले पनि बास र खानेकुरा पाउनुपर्ने बताउँदै फल्ने र फुल्ने जातका विरुवा रोप्न सुझाए ।

नेपाल बुद्धको जन्मभूमि मात्र नभएर बुद्धिज्मको आधारभूमि पनि भएको बताउँदै ओलीले भने, ‘नेपाल बुद्धको बर्थ प्लेस मात्र नभएर बुद्धिज्मको फाउन्टेन पनि हो ।’ उनले कि हाइट भएको कि लाइट भएको चिज टाढाबाट देख्न सकिने उल्लेख गरे । ‘सगरमाथाको हाइटले संसारले देख्छ बुद्धको बुद्धत्वको प्रकाश (लाइट) ले नेपाललाई संसारले देखेको छ । दमकमा निर्माण हुने यो प्रतिमाले नेपाललाई संसारमा चिनाउनका लागि र पर्यटक भित्र्याउनका लागि थप मद्धत गर्दछ,’ उनले भने ।

कार्यक्रममा इलाम क्षेत्र न. २ मा का सांसदसमेत रहेका पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले यो आयोजना समग्र नेपालको गौरवको आयोजना हुने बताए । आयोजनाले स्थानीय बासिन्दाको जीवनस्तर उकास्नका लागि समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको नेम्वाङले बताए । उनले ओली सरकारले देखाएका धेरै सपनामध्ये यो पनि एक भएको बताउँदै समयमै पूरा गर्न सबैले साथ दिनुपर्ने बताए ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. युवराज खतिवडाले सरकार, निजी क्षेत्र र समूदायको पहल भए निर्माण छोटो समयमै पूरा हुने उल्लेख गरे ।

परियोजना प्रतिवेदन मल्टीडिसिप्लिनरी कन्सल्नेन्ट, डिजाइन कन्सल्टेन्ट र ए–नट इन्जिनियरिङ कुपण्डोलले तयार गरेको हो । नगरपालिका कार्यलयले जनाए अनुसार एक महिना भित्र सरकरालाई यो प्रतिवेदन बुझाएपछि यसको निर्माण कार्य सुरु हुनेछ ।

आयोजना निर्माणका लागि बिभिन्न दातृ संस्थाहरुले चासो देखाएका नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष भाष्करराज राजकर्णिकारले जानकारी दिए । उनले पनि ओली सरकारले अघि बढाएको आयोजना पूरा गर्न पनि स्वयं ओलीकै सक्रियता हुनुपर्नेमा जोड दिए ।

आयोजनाको कुल लागत करिब १५ अर्ब ५० करोड रुपैयाँ अनुमान गरिएको छ । ‘तर लागत अझै बढ्न सक्छ,’ कार्यकारी अधिकृत दाहालले भने, ‘पैसाको अभाव हुनेछैन ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै पत्रकार महासंघको प्रदर्शन

काठमाडौं, २८ साउन — पत्रकार किशोर श्रेष्ठको बिनाशर्त रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौं

सामाजिक सञ्जालमा मानहानि र गाली–बेइज्जती गरे कानुनी कारबाही हुने सरकारको स्पष्टोक्ति

काठमाडौं, साउन २६  । सरकारले सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट कसैको प्रतिष्ठा, इज्जत वा

सम्बन्धविच्छेदको मिलापत्र : मुद्दाको अन्त्य मात्र होइन, जिम्मेवार नयाँ जीवनको कानुनी सुरुवात

– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि