विखण्डनको बीऊ एमालेले रोप्योः यादव पुनर्लेखन नभए संविधान खारेज गर्ने चेतावनी

Upendra-Yadav२८ माघ, वीरगञ्ज। संघीय समाजवादी फोरम नेपाल, पर्सा जिल्लाको प्रथम एकता अधिवेशनलाई शुक्रबार वीरगञ्जमा उदघादन गर्दै यादवले एकल जातीय र नश्लवादी सोचको नेतृत्व गर्ने दलमा विभेदकारी रवैया रहँदासम्म मुलुकले गति लिन नसक्ने दाबी गरे । मुलुकमा नश्लवादको जग र विखण्डनको बीऊ एमालेले रोपेको आरोप लगाएका छन् । मधेसी, आदिवासी जनजाति विरुद्ध घृणा फैलाएर एमालेले नश्लीय सोच र एकल जातीय राज्यसत्तालाई कायम राख्न खोजेको यादवको आरोप छ । देशका हरेक नागरिक, भाषा, धर्म, संस्कृतिको सम्मान र पहिचान हुनुपर्नेमा जोड दिँदै यादवले भने, ‘राज्यसत्ता र यहाँको एउटा खास समुदायमा विभेदकारी मानसिकता हावी रहेसम्म देशले शान्ति, स्थायित्व, सम्मान र समृृद्धि कहिले पनि प्राप्त गर्नै सक्दैन । अध्यक्ष यादवले संविधान पुनर्लेखन नभए खारेज गरिदिने चेतावनी समेत दिए । अहिलेको संविधानलाई मधेसी, आदिवासी जनजाति लगायत उत्पीडित समुदायले अस्वीकार गरिसकेको दाबी गर्दै उनले पुनर्लेखन नगरिए आन्दोलनको बलमा खारेज गर्ने बताए ।

‘विश्व समुदायले समेत संविधान त्रुटिपूर्ण छ भनिसक्दा पनि तीन दलको चेत खुलेन । हामीले त झन् संविधान नै जलाइसकेका छौं । अब पनि संशोधनमा आलटाल भए संविधान नै खारेज गर्ने भीषण आन्दोलन थाल्छौं,’ यादवले भने ।

उनले संविधान संशोधन नभएसम्म मुलुकमा कुनै पनि चुनाव हुन नसक्ने ठोकुवा गरे । ‘हामी पनि चुनाव चाहन्छौं तर संशोधन पनि मात्रै चुनाव मान्य हुन्छ,’ यादवले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

राइडर गणेश नेपालीको मृत्यु : अत्यधिक जरिवाना र श्रमिकको मानसिक दबाबबारे गम्भीर बहस

राइडर्स युनियनको प्रश्न– ‘समस्या नीतिमा छ, तीन ट्राफिकमाथिको छानबिनले मात्र समाधान हुँदैन’ काठमाडौं, असार २६

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सुरु, सात रुग्ण उद्योगको मूल्याङ्कन अघि बढ्दै

काठमाडौँ, असार २३ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत

शशिभूषण यादव विरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ

उच्च पदाधिकारीको सम्पत्ति छानबिन सुरु

काठमाडौँ, वैशाख १७ ।  सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु ; ११ जना घाइते

क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना