नेपाली कांग्रेस फुट्ने भयो : १८ वटा जिल्लामा जिल्ला कार्यसमिति पनि तयार | नेपाली कांग्रेसबाट मन्त्री भैसकेका ३० बढी नेताहरु जाने |

काठमाण्डौ | नेपाली कांग्रेस अन्ततः फुट्ने भएको छ । पार्टीलाईnepali-congressmn मनपरी ढंगले चलाइएको र आफ्नो भूमिकालाई निकै कमजोर बनाइएको भन्दै पार्टीका जिम्मेवार नेताहरुको अगुवाईमा नयाँ पार्टी खोल्न लागिएको खबर प्राप्त भएको छ । पार्टीका नेताहरुको गोप्य बैठकमा यस्तो निर्णय भएको हो । नेतृत्वले मनपरी ढंगले पार्टी चलाएको, पार्टीभित्रका जिम्मेवार व्यक्तिहरुलाई पनि वास्ता नगरिएको, विपीका पाठहरु भुलेर नेपाली कांग्रेसको साखमाथि धक्कापर्ने कार्यहरु नेतृत्वबाटै भएको लगायतका आरोप लगाउंदै नयाँ पार्टी खोल्न लागिएको स्रोतको दावी  छ |

नेपाली कांग्रेस फुटेर बन्ने नयाँ पार्टीमा नेपाली कांग्रेसबाट मन्त्री भैसकेका ३० बढी नेताहरु जाने स्रोतको दावी छ । ‘पूर्व मन्त्रीहरु थुप्रै हुनुहुन्छ । अहिलेका संसदहरु पनि हुनुहुन्छ । अहिलेको पार्टी फुटीसकेपछी नयाँ पार्टी अहिलेको भन्दा झन् बलियो हुनेछ ।’ हालका संसदसमेत रहेका एक कांग्रेस नेताले  भने । उनका अनुसार अव बन्ने पार्टी खास अर्थको कांग्रेस पार्टी हुनेछ । ‘अहिलेको समग्र नेपाली कांग्रेसलाइ जनताले हेर्ने दृष्टिकोण फरक हुन थालेको छ । विपीको साख जोगाउन भएपनि हामीले नयाँ पार्टी खोल्ने पर्छ। ‘ उनले भने ।

स्रोतका अनुसार नेपाली कांग्रेस फुटेर बन्ने नयाँ पार्टीको नाम नेपाली कांग्रेस(वीपी) विपी हुनेछ । निर्वाचन आयोगमा दर्ता भएको नेपाली कांग्रेस(राष्ट्रवादी)को नाम संसोधन गरेर नेपाली कांग्रेस (वीपी) राख्ने आन्तरिक छलफल भएको छ । अवको केहिदिनमा हाम्रो पार्टी निर्वाचन आयोगमा समेत दर्ता हुनेछ । त्यसपछी लगत्तै हामी पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिनेछौं । हाम्रो समूह अहिले गोप्य राखौं । सम्पूर्ण प्रकिर्या सकिसकेपछि हामी पत्रकार सम्मेलन गरेर सबै कुरा जानाकारी गराउनेछौं ।’ आफ्नो नाम नखुलाउन आग्रह गर्दै एक नेताले भने ।

प्राप्त जानकारी अनुसार नयाँ पार्टी खोल्ने सम्बन्धमा कांग्रेका जिम्मेवार नेताहरु बिगत एक महिनादेखि गोप्य बैठकमा थिए । ‘हामीले हाम्रो आन्तरिक बैठकबाट काठमाण्डौ र अवता १८ वटा जिल्लामा जिल्ला कार्यसमिति पनि तयार गरेका छौं । दर्ता लगत्तै हामी सबै जिल्लामा पार्टीलाई बिस्तार गर्नेछौं ।’ एक नेताले भने ।

स्रोतका अनुसार नयाँ पार्टीको झण्डा अहिलेको कांग्रेसकै जस्तो हुनेछ । ‘केहि फरक लुक्स त दिनेछौं नै । तर अहिलेको पार्टीको जस्तै झण्डा बनाउने निर्णय भएको छ ।’ स्रोत अगाडी भन्छ, ‘ हामीले पार्टीको चुनाव चिन्ह भने परेवा राख्ने निर्णय गरेका छौं । हेरौं अव निर्वाचन आयोगको निर्णय कस्तो हुन्छ ? सबैलाई समेटेर अगाडी बढ्ने प्रयासमा छौं हामी । सबै भन्नाले साँचो अर्थमा कांग्रेसहरु । अहिलेको नेतृतको मनपरीबाट आजित भएकाहरुले हामीलाई समर्थन गर्नुहुनेछ भन्ने हामी विश्वस्त छौं

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राइडर गणेश नेपालीको मृत्यु : अत्यधिक जरिवाना र श्रमिकको मानसिक दबाबबारे गम्भीर बहस

राइडर्स युनियनको प्रश्न– ‘समस्या नीतिमा छ, तीन ट्राफिकमाथिको छानबिनले मात्र समाधान हुँदैन’ काठमाडौं, असार २६

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सुरु, सात रुग्ण उद्योगको मूल्याङ्कन अघि बढ्दै

काठमाडौँ, असार २३ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

रास्वपा महाधिवेशन : निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारी प्रक्रियामा कडाइ

 असार ९,चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियालाई थप व्यवस्थित,