‘नामर्द’ले निम्त्याएको यौन अपराध

२६ माघ, काठमाडौं । ‘म कक्षा १० मा पढ्छु । केटी ६ कक्षामा पढछिन् । स्कुल जाँदा आउँदा उनले मलाई सधै ‘नामर्द’ भनेर जिस्काउन थालिन् । मलाई किन नामर्द भनेको हो थाहा छैन । तर, मलाई उनको यो जिस्काइले भित्रभित्रै पोलिरहन्थ्यो । त्यसैले, एक दिन मैले आफू ‘मर्द’ भएको पहिचान दिने निर्णय गरे ।’
rep

एक किशोरीमाथि बलात्कार गर्ने किशोरले प्रहरीमा दिएको यो बयान यतिबेला जिल्ला प्रहरी कार्यालयमा चर्चाको विषय बनेको छ । एउटै स्कुलमा अध्ययनरत छात्राले छात्रलाई सधैं नामर्द भनेर जिस्काउने गरेपछि त्यसको परिणाम अन्ततः बलात्कारमा पुगेर टुंगियो । केटा अहिले प्रहरी खोरमा छन् भने केटी पुनःस्थापना केन्द्रमा ।

प्रहरीका अनुसार दुवै एउटै विद्यालयका विद्यार्थी हुन् । भूकम्पले दुवैको घर ढल्यो । गाउँमा बस्न नसक्ने भएपछि उनीहरू सपरिवार थातथलो छाडेर सदरमुकाम नजिकको विद्यालयमा भर्ना भए । पीडित ‘सेलाङ क’ (प्रहरीले राखेको नाम) को उमेर १७ वर्ष भयो । उनी १० कक्षामा अध्ययनरत छिन् । पीडक १५ वर्षका मात्र छन् । उनी ६ कक्षामा अध्ययनरत छात्र हुन् । आजको राजधानी दैनिकमा समाचार छ ।

घटना एक महिनाअघिको हो । १० कक्षामा अध्ययनरत छात्राले ६ कक्षामा पढ्ने केटालाई सधैं नामर्द भनेर जिस्काउने गरेपछि २९ पुसकोे दिउँसो ३ बजे विद्यालयबाट फर्कंदै गर्दा पीडित छात्र गौंडा ढुकेर बसिरहेका थिए । छात्रा एक्लै आएपछि उनले जबर्जस्ती समातेर बीचजंगलमा रहेको खोल्सामा लगेर जबर्जस्ती बलात्कार गरे ।

घटनापछि फरार ती छात्रलाई प्रहरीले १० माघमा पक्राउ ग-यो । ‘नामर्द भनेर जिस्काएपछि मैले मर्दको परिचय दिएँ,’ पीडक छात्रको भनाइ उद्धृत गर्दै प्रहरी निरीक्षक केदार बस्नेतले भने । उनका अनुसार केटीले जिस्काएकै कारण बलात्कारको घटना भएको हो । प्रहरीले सबै अनुसन्धान पूरा गरेर उनलाई अदालत बुझाउने तयारी गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्री दाहाल

११ चैत्र, काठमाडौँ। प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले गरीब, बिपन्न

कोशी प्रदेश नामकरण विवादलाई समाधान गर्न छानबिन समिति गठन गर्ने सरकारको निर्णय

११चैत,काठमाडौं। कोशी प्रदेश नामकरणको विरोधमा प्रदर्शनका क्रममा चैत ५ गते भएको घटनाबारे छानबिन गर्न सरकारले

एमालेलाई उपेक्षा गरेर देशको राजनीति अघि बढ्न सक्दैन : विष्णु पौडेल

११ चैत, काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले एमालेलाई उपेक्षा गरेर देशको राजनीति

आर्थिक र राजनीतिक बोझ बनेको प्रदेशतहको संरचना हटाउ : कमल थापा

११ चैत,काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आर्थिक र राजनीतिक बोझ बनेको प्रदेशतहको संरचना

बसन्त कुँवर नेपाल प्रहरीको आईजीपीमा नियुक्त

१० चैत, काठमाडौं । सरकारले बसन्त कुँवरलाई प्रहरी महानिरीक्षक (आईजीपी)मा नियुक्त गर्ने निर्णय गरेको छ

राहुल गान्धीको संसद सदस्यता खारेज

१० चैत,नयाँदिल्ली। भारतीय कंग्रेसका नेता राहुल गान्धीको संसद सदस्यता खारेज गरिएको छ। लोकसभा सचिवालयले एक