नयाँ खुलासाः ३६० किलोसम्म सुन तस्करी

shyam-vansar-750x375

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सुन तस्करीमा संलग्न भएको आरोपमा विमानस्थलका तत्कालीन वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) श्याम खत्रीलाई पक्राउ गरेपछी तस्करीबारे नयाँ खुलासा भएको छ।

पक्राउ परेपछि दिइएको बयान अनुसार महिनामा ३६० किलोसम्म सुन तस्करी हुने गरेको खुल्न आएको छ । एसएसपी श्याम खत्रीको गिरफ्तारी र भन्सार अधिकृत श्रीनारायण यादवको बयानबाट यस्तो खुल्न आएको हो।

उनीहरुको बयान अनुसार हप्ताको ३ पटक ९० केजी अर्थात मासिक ३६० केजीसम्म सुन तस्करी हुने गरेको खुल्न आएको हो। अपराध अनुसन्धान व्युरोका अनुसार सुन तस्करीमा सघाए बापत एसएसपी श्याम खत्रीले प्रत्येकपटक १ लाख अर्थात मासिक १२ लाखको दरले कमिशन लिने गर्दथे। उनले लिने यस कमिशनमा कोको सहभागी थिए भन्ने कुरा अनुसन्धान भैरहेको जनाइएको छ।

भन्सार अधिकृत यादवकै बयानका आधारमा प्रहरीले एयरपोर्टमा खटिएका थप सुरक्षाकर्मी र कर्मचारीलाई पक्राउ गर्ने तयारीमा गरेको बताइएको छ। प्रहरीले सुन तस्करीमा संलग्नहरुको गिरोह पत्ता लगाउने कोसिस गरिरहेको छ । यद्दपी तस्करीमा सहयोग गर्ने प्रहरी, भन्सार कर्मचारी र भरिया पक्राउ परे पनि सुन मालिक भने अहिलेसम्म पक्राउ परेका छैनन् ।

एयरपोर्टमा खटिएका थप सुरक्षाकर्मी र कर्मचारीको गिरफ्तारीपछि ठुला माछा र यसमा संलग्न भुराहरुको बारेमा थप खुलासा हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

शुभेच्छुकको भीड छिचोल्दै पूर्वराजा शाह विमानस्थलबाट निर्मल निवासतर्फ

शुक्रबार, फागुन १,  काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

फागुन ३ गतेभित्र घोषणापत्र बुझाउन निर्वाचन आयोगको आग्रह

काठमाडौं, माघ २९ निर्वाचन आयोगले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूलाई आगामी फागुन ३ गतेभित्र आफ्नो निर्वाचन

व्यक्तिगत डाटा संरक्षण कानुन नहुँदा चोरी र दुरुपयोग बढ्दै

 माघ २० , काठमाडौं। नेपालमा व्यक्तिगत डाटा संरक्षणसम्बन्धी स्पष्ट कानुन र प्रभावकारी नियमन नहुँदा डाटा

इपीएस परीक्षा पास गरेका उम्मेदवारको पक्षमा श्रम मन्त्रालयका तीन निर्णय

पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण