कसरी मत हाल्ने ? यस्तो छ भोट हाल्ने तरिका

काठमाडौं । प्रदेश नम्बर ३, ४ र ६ का मतदाताले आफ्नो प्रतिनिधि चयनका लागि मतदान गर्न अब ९ दिनमात्र बाँकी छ । तर, धेरै मतदातालाई अझैसम्म कसरी मतदान गर्ने भन्नेमै अन्योल छ ।Thumbnails2_Nirwachan-

अघिल्ला निर्वाचनहरुमा आफुलाई मत पर्ने वा रुचाएको निर्वाचन चिन्हमा एक ठाउँमा मात्र मत दिएका मतदाता यसपटक भने कसरी मत दिने भन्ने अन्योलमा देखिएका छन् । एउटा उम्मेदवारले एकै पटक ७ जना प्रतिनिधी छनौट गर्न सक्ने भएकाले मतदाता बढी अन्यौलमा देखिएका हुन् ।
कसरी दिने त मत ?

निर्वाचनमा कसरी मतदान गर्ने ? अनलाइखबरले मतदाताहरुलाई सजिलो होस भनेर निर्वाचन आयोगका कर्मचारीलाई सोधेर मतदानको तरिकाबारे जानकारी दिने प्रयास गरेको छ । मतदाताको मत सदुपयोग होस र बदर नहोस भन्नेमा निर्वाचन आयोगमात्र होइन राजनीतिक दलका कार्यकर्ताले पनि मतदानको तरिका सिकाउनु पर्ने आयोगले जनाएको छ ।

पहिला लाइनमा बस्नुस्

मतदानको दिन हरेक मतदाता मतदाता परिचय पत्र सहित आफ्नो परिचय पत्रमा उल्लेख भएको मतदान केन्द्रमा गएर लाइनमा बस्नुपर्छ । लाइनमा बस्नुअघि आफ्नो मतदाता परिचय पत्रको क्रम संख्या थाहा पाएको हुनुपर्छ । त्यसको आधारमा निर्वाचन आयोगले उसलाई मतदान प्रक्रियामा सहभागी गराउँछ । मतदाताले आफ्नो मतदाता परिचयपत्र सम्बन्धित मतदान केन्द्रबाट पाउनेछन् ।

यसरी दिनुपर्छ मत

निर्वाचन प्रतिनिधीहरुले तपाइको मतदाता परिचय पत्रका आधारमा निर्वाचन केन्द्रभित्र प्रवेशको अनुमति दिन्छ । त्यहाँ पुगेर तपाइले एउटा मतपत्र पाउनु हुनेछ । उक्त मतपत्रमा अब तपाइले कुन चिन्हमा मतदान गर्न चाहेको हो, त्यस्तो चिन्हमा मत संकेत गर्नु पर्नेछ ।

मतपत्रमा तेस्रो साइनमा हरेक दलको सातवटा मत चिन्ह राखिएको हुन्छ । तपाइले कुनै एउटा दललाई एक नम्बरको चिन्हमा मत दिनुभयो भने त्यो मत उक्त गाउँपालिका वा नगरपालिकाको प्रमुखले पाउनेछ ।

दोस्रो ठाडो लाइनमध्ये कुनै एक निर्वाचन चिन्हमा मत दिनुपर्छ । त्यो मतचिन्ह सम्वन्धित दलको उपमेयर वा उपप्रमुखलाई मत दिएको हुन्छ । यस्तै तेस्रो ठाडो लाइनमा कुनै एउटामा मात्र मत दिँदा वडा अध्यक्षले मत पाउने छ । त्यसपछि क्रमश महिला सदस्य, दलित महिला सदस्य, र दुइ खुल्ला सदस्यलाई मत दिनुपर्नेछ ।

मतपत्र पट्याउँदा पनि होसियारी

एउटा ठाडो लाइनमा एक जनाका दरले ७ वटा ठाडो लाइनमा मत दिएपछि मतदान प्रक्रिया सकिन्छ । त्यसपछि मतदाताले मतपत्रलाई विस्तारै पट्याएर मतपेटिकामा हाल्नुपर्छ । तर, मतपत्र पट्याउने क्रममा मतसंकेत गरेको स्वस्तीक छापको मसी यदि सुक्न भ्याएको छैन भने अर्को ठाउँमा गएर लत्पतिन सक्छ ।

त्यस्तो अवस्थामा तपाईले दिएको मत बदर हुनेछ । त्यसैले मतपत्र पट्याउँदा मतसंकेत गर्दा लगाएको स्वस्तिक छाप सुकिसकेको हुनुपर्नेछ । गोप्य मतदान भएकाले मतदाताले कसलाई मत दियो भनेर कसैले हेर्न पाउँदैन ।

तर, दृष्टिविहीन र अशक्त तथा वृद्धवृद्धाको हकमा उनीहहरुले इच्छाएको व्यक्ति वा मतदान अधिकृतले मतदाताले भनेको चिन्हमा मत दिनुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न