राष्ट्रवादी केन्द्र नेपालद्धारा वैशाख ११ गतेदेखि शान्तिपूर्ण आम हड्तालको घोषणा

४ वैशाख,काठमाडौं। राष्ट्रवादी केन्द्र नेपालले वर्तमान लुटतान्त्रिक व्यवस्थाको विरुद्ध शान्तिपूर्ण आम हड्तालको घोषणा गरेको छ। आज संवाद डवली अनामनगरमा आयोजित पत्रकार सम्मेलन मार्फत केन्द्रले यहि वैशाख ११ गतेबाट शान्तिपूर्ण आम हड्ताल (भद्र अवज्ञा आन्दोलन) घोषणा गरेको हो ।

“आर्थिक संकट,युवा पलायन,महङ्गी र भ्रष्टाचारले राष्ट्रनै असफल बन्दै गइरहेको सम्बन्धम गत २०७९ असोज ७ गते नेपाल सरकारलाई उद्योगि,व्यवसायी र नेपाली जनताका समस्या समाधान गर्न ध्यानाकर्षण गराउंदा पनि कुनै सुनुवाइ नहुदा पुनः २०८० साल वैशाख १० गतेभित्र उल्लेखित मागहरु सरकारले सम्बोधन नगरे वैशाख ११ गतेबाट यो लुटतान्तृक व्यवस्थाका विरुद्ध शान्तिपूर्ण आम हड्ताल (भद्र अवज्ञा आन्दोलन) मा उत्रिन  बाध्य हुने राष्ट्रवादी केन्द्र नेपालका अध्यक्ष चन्द्रबहादुर थापाले बताए ।”

आन्दोलनलाई सफल बनाउन यातायात, उद्योगि, व्यवसायी शैक्षिक संघसंस्था, वित्तीय संस्था, धर्म-संस्कृति प्रेमी, श्रमिक, विद्यार्थी, किसान, पत्रकार लगाएत आम नागरिकलाई आन्दोलनमा ऐक्यबद्धता सहित सहभागी हुन अध्यक्ष थापाले आग्रह गरेका छन् ।

शान्तिपूर्णरुपमा हुने आम हड्ताल काठमाडौंको कोटेश्वर, चाबहिल,गोंगबु, कलंकी, ग्वार्को, बागबजार,र कालीमाटीमा विहान ११ बजे देखि र्‍यालीसहित आम सुरूहुने केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भोटेकोशी बाढीमा बेपत्ता मृत घोषणा गर्ने प्रक्रिया सुरु, राहत भने अझै अलपत्र

कार्तिक ११, काठमाडौँ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीमा परी

अर्थमन्त्री वाग्लेको दिल्ली अभिव्यक्तिले नेपालमा बढायो कूटनीतिक विवाद

कार्तिक १०, काठमाडौँ । नयाँदिल्लीमा आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएको अभिव्यक्तिलाई लिएर

साइबर जोखिमले सरकारी वेबसाइट बन्द

२०८३ कार्तिक ८, काठमाडौं । पीएचपी प्रोग्रामिङ भाषामा सुरक्षा कमजोरी भेटिएपछि नेपालका अधिकांश सरकारी वेबसाइट

बंगालको खाडीको न्यून चापीय प्रणालीको प्रभाव: बिहीबारदेखि वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह

८ कार्तिक २०८३, आइतबार,काठमाडौं। बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका विभिन्न

बैंक खातामा राष्ट्रिय परिचयपत्रको ‘बाध्यकारी’ नियम बदर: सर्वोच्चको ऐतिहासिक फैसला र यसका दूरगामी प्रभाव

२९ असोज २०८३, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक खाता खोल्न, केवाईसी अद्यावधिक गर्न तथा

मानव अधिकार परिषद्मा नेपाल निर्वाचित, एसिया–प्रशान्त क्षेत्रबाट सर्वाधिक १७३ मत

असोज २८, काठमाडौं । नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा