आजका दैनिक पत्रपत्रिकाको फ्रन्टपेजः संविधान संशोधनपछि मात्रै चुनाव गर्न सरकार-मोर्चा सहमत

२२ माघ, काठमाडौं । शनिबार काठमाडौंबाट प्रकाशित अधिकांश दैनिक पत्रिकाहरुले संविधान संशोधनपछि मात्रै चुनाव गर्न सरका1र र मधेसी मोर्चाबीच सहमति भएको समाचारलाई महत्वका साथ प्रकाशित गरेका छन् । त्यस्तै बीरगंजPaper-Magh-18-2073को नारायणी उपक्षेत्रीय अस्पतालबाट नवजात शिशु हराएको समाचारले पनि फ्रन्टपेजमा स्थान पाएको छ ।

नयाँ पत्रिका दैनिकमा काठमाडौं उपत्यकाको ट्राफिक जाम, जामको कारण, यात्रुले भोग्नु पर्ने सास्ती र समाधानका उपायसहितको स्टोरी प्रकाशित छ । त्यस्तै, सरकार र मधेसी मोर्चाबीच संविधान संशोधनपछि मात्रै चुनाव गर्ने सहमति भएको समाचार पनि महत्वका साथ छापिएको छ ।

 

अन्नपूर्ण पोस्ट् दैनिकले दलाइ लामा आउने भएपछि सभामुख ओनसरी घर्ती मगरको भारत भ्रमण रद्द भएको समाचारलाई प्राथमिकता दिएको छ । त्यस्तै महोत्तरीमा लैनो भैंसी दाइजो नपाएपछि बिहे नै बिथोलिएको समाचारले पनि महत्व पाएको छ ।

आन्तरिक विवादका कारण सत्यनिरुपण तथा मेलमिलाप आयोग विघटनउन्मुख भएकोलाई मुख्य समाचार बनाएको राजधानी दैनिकले जन्मेको दुई घण्टामै शिशु हराएको सामाचारलाई एंकर बनाएको छ ।

2कान्तिपुर दैनिकले पनि जन्मेको तीन घण्टामै शिशु हराएको समाचारलाई महत्व दिएको छ । त्यस्तै निर्वाचनका मामलामा प्रधानमन्त्री दाहाल ‘यू टर्न’ भएको समाचारले फ्रन्टपेजमा स्थान पाएको छ ।

नेपाल समाचारपत्र दैनिकमा प्रहरीले सिके राउतलाई हतकडी नलगाएर माया गरेको भन्दै समाचार छापेको छ । त्यस्तै नयाँ आईजीपीबारे कांग्रेसमा विवाद भएको समाचारले पनि महत्व पाएको छ ।

गोरखापत्र दैनिकले मोर्चाको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध भएको समाचार र वर्षमा ४० हजार क्यानसर रोगी थपिने समाचारलाई फ्रन्टपेजमा प्रकाशित गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए