January 24, 2017

गाउँपालिका-नगरपालिकाको प्रमुख र उपप्रमुखमध्ये एकमा महिला उम्मेदवार अनिवार्य

गाउँपालिका-नगरपालिकाको प्रमुख र उपप्रमुखमध्ये एकमा महिला उम्मेदवार अनिवार्य

११ माघ, काठमाडौं । अब स्थानीय तहको निर्वाचनमा गाउँपालिका र नगरपालिकाको प्रमुख र उपप्रमुखमध्ये एकमा महिला उम्मेदवार अनिवार्यरुपमा बनाउनुपर्ने भएको छ ।

संसदको राज्य व्यवस्था समितिअन्तरगतको उपसमितिले स्थानीय तह निर्वाचनसम्वन्धी विधेयकमा निर्वाचनमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका मेयर र उपमेयरमध्ये एकमा महिला उम्मेदवार अनिवार्य हुने व्यवस्था राख्ने सहमति जुटाएको छ । यस्तै जिल्ला समन्वय समितिमा पनि  अध्यक्ष र उपाध्यक्ष मध्ये एक महिला उम्मेदवार हुनु पर्नेछ ।images

उपसमिति सदस्य ईश्वरी न्यौपानले भनिन्, आयोगले उपलब्ध भएसम्म दुईमध्ये एक महिला हुनुपर्छ भन्ने प्रस्ताव गरेको थियो । हामीले दुईमध्ये एक पदमा महिलालाई अनिवार्य उम्मेदवार बनाउनुपर्ने सहमति जुटाएका छौं ।’

यसले दुईमध्ये एक पदमा महिलाको उम्मेदवारी ग्यारेन्टी गरेको छ । र, उपसमितिका सदस्यहरुले यसलाई महिला अधिकारका सवालमा ठूलो फड्को भनेका छन् ।

संविधानले गाउँ कार्यपालिकामा चार महिला र नगरकार्यपालिकामा पाँच महिला सदस्य सुनश्चित गरेको छ । यस्तै राष्ट्रपति र उपराष्ट्रपति मध्ये एक फरक लिंग वा समुदायको हुनु पर्ने संवैधानिक व्यवस्था छ ।

तर, स्थानीय तहमा भने अब दुई मध्ये एक पदमा महिलाको उम्मेदवारी ग्यारेन्टी गरेको छ ।

र, उपसमितिका सदस्यहरुले यसलाई महिला अधिकारका सवालमा ठूलो फड्को भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी