अब हुने निर्वाचनपछि कांग्रेस र माओवादीलाई बत्ती बालेर खोज्नुपर्छ : नेता खनाल

इलाम, १८ माघ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले आवश्यक परे मात्र तीनतहको निर्वाचन पछि मात्रै संविधान संशोधन गर्न सकिने बताएका छन् ।Jhalanath

संविधान कार्यान्वयनका लागि जनपरिचालनअन्तर्गत चार महिने अभियानको क्रममा सोमबार इलामको लक्ष्मीपुर गाउँ कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले आगामी २०७४ माघ ७ गतेसम्ममा तीनै तहको निर्वाचन सम्पन्न गरेर मात्रै संविधान संशोधन गर्न सकिने बताएका हुन् ।

नेपाली काँग्रेस र नेकपा (माओवादी (केन्द्र) सँग देश विकास गर्ने कुनै नयाँ भिजन नभएको बताउँदै उनले सरकारले खुट्टा कमाएकाले अझै पनि निर्वाचनको मिति घोषणा गर्न नसकेको जिकिर गरे ।

‘अब हुने निर्वाचनपछि काँग्रेस र माओवादीलाई बत्ती बालेर खोज्नुपर्छ’, उनले भने, ‘निर्वाचनपछि एमाले देशकै ठूलो पार्टी हुने र मुलुकलाई सफल तरिकाले हाक्नेछ ।’

सरकारले छिट्टै निर्वाचन मिति घोषणा नगरे निर्वाचनको मिति घोषणा गर्न एमालेले देशव्यापी रूपमा आन्दोलन सुरू गर्ने बताउँदै निर्वाचन नहुँदा मुलुकमा बेथिती बढेको उनले उल्लेख गरे ।

अङ्गीकृत नागरिकलाई देशको प्रमुख पद दिन नसकिने बताउँदै उनले संविधान संशोधनको प्रस्ताव विदेशीको दबाबमा संसद्मा दर्ता भए पनि कुनैपनि हालतमा पास हुन नदिने विचार व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अभिनेता एवं लेखक/निर्देशक सतिश कौशिकको ६६ वर्षको उमेरमा निधन

२५ फागुन, मुम्बई । अभिनेता एवं लेखक/निर्देशक सतिश कौशिकको ६६ वर्षको उमेरमा निधन बुधबार मुम्बईमा

रहस्यमय दुर्घटनामा माधवकुमार नेपालका भाई सरोजकुमार उपाध्यायको निधन

२० फागुन, काठमाडौं । रहस्यमय दुर्घटनामा पूर्वप्रधानमन्त्री एवमं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालका कान्छो

जनकपुर-उदयपुर कब्जा गर्ने मुक्ति सेनाको कमाण्डर थिए पुर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई

२० फागुन ,काठमाडौं । नेपालको पहिलो संसदका पहिलो सभामुख तथा बहुदलीय व्यवस्थाको पुनर्स्थापना पश्चातको पहिलो

एक वर्षपछि नायक पल शाह जेल मुक्त,फागुन १५ मा पक्राउ फागुन १५ मै रिहा

१५ फागुन,काठमाडौं । नायक पल शाह एक वर्षपछि जेल मुक्त भएका छन । गत फागुन

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको आज अन्तिम सुनुवाइ

१४ फागुन , काठमाडौँ । आज नेपाली क्रिकेट टिमका पुर्व कप्तान सन्दीप लामिछानेले उच्च अदालतको

गोपी मैनालीको “अभिव्यञजना यात्राप्रति” लोकार्पण

७ फागुन, काठमाडौं । वरिष्ठ समालोचक एवं निबन्धकार गोपी मैनालीको समालोचनात्मक कृति “अभिव्यञजना यात्राप्रति” सुरभि