चारवटा अपराधमा लोकमानलाई कारवाही गर्न सकिने

जासुसी ऐन र राज्यविरुद्धको अपराधमा पनि कारवाही चल्न सक्ने

१७ माघ, काठमाडौं । सर्वोच्च अदालतको आदेशबाट बर्खास्तीमा परेका अख्तियारका पूर्वप्रमुख लोकमानसिंह कार्कीमाथि विभिन्न ४ वटा अपराधमा मुद्दा चलाउन सकिने संसदको महाअभियोग सिफारिस समितिले निचोड निकालेको छ

व्यवस्थापिका संसद अन्तरगत गठित महाअभियोग सिफारिस समितिमा भएको छलफलमा कार्कीमाथि विभिन्न चार वटा मुद्दाहरुमा कारवाही अगाडि बढाउन सकिने निश्कर्ष निकालिएको हो ।Lokman-Sing-Karki

कार्कीमाथि भ्रष्टाचार निवारण ऐन, राज्यविरुद्धको अपराध सम्बन्धी ऐन, कीर्ते कागजको महल र जासुसी ऐन अनुसार कारवाही गर्न सकिने समितिको ठहर छ ।

लोकमानसिंहलाई अख्तियारबाट पद मुक्त गर्ने सम्बन्धमा अदालतले निर्णय गरिसकेकाले बोलिरहनु नपर्ने महाअभियोग सिफारिस समितिको बुझाइ छ । तर, लोकमानले महाअभियोगका उठाइएका विषयमा उल्लेखित कार्यहरु गरेको ठहर समितिको छ ।

यद्यपि समितिले सिफारिसलाई अन्तिम रुप दिन अझै बाँकी छ । संसदमा लोकमानविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता भएपछि सो प्रस्तावलाई संसदले अहिले सिफारिस समितिमा पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

शुभेच्छुकको भीड छिचोल्दै पूर्वराजा शाह विमानस्थलबाट निर्मल निवासतर्फ

शुक्रबार, फागुन १,  काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

फागुन ३ गतेभित्र घोषणापत्र बुझाउन निर्वाचन आयोगको आग्रह

काठमाडौं, माघ २९ निर्वाचन आयोगले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूलाई आगामी फागुन ३ गतेभित्र आफ्नो निर्वाचन

व्यक्तिगत डाटा संरक्षण कानुन नहुँदा चोरी र दुरुपयोग बढ्दै

 माघ २० , काठमाडौं। नेपालमा व्यक्तिगत डाटा संरक्षणसम्बन्धी स्पष्ट कानुन र प्रभावकारी नियमन नहुँदा डाटा

इपीएस परीक्षा पास गरेका उम्मेदवारको पक्षमा श्रम मन्त्रालयका तीन निर्णय

पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण