January 28, 2017

बिजुली चोर्ने थप पक्राउ, लुनिया फरार माघ १५

काठमाडौं – बिजुलीको मिटर उल्टो घुमाएर विद्युत् महसुल ठगीमा संलग्न थप एक व्यक्ति पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाले सुकेधाराबाट बुद्ध वासिङ सेन्टरका सञ्चालक बुद्धकुमार लामालाई पक्राउ गरेको खबर आजको कान्तिपुरमा छ । महाशाखाले उनको कार्यालयबाट एउटा बिजुली मिटर र दुई थान सिल समेत बरामद गरेको छ ।

विजुलीको मिटरमा लगाइने यस्तो सिल विद्युत् प्राधिकरणका निश्चित कर्मचारीले मात्रै पाउने नीतिगत व्यवस्था छ ।

पक्राउ परेका लामालाई महाशाखाले काठमाडौं प्रहरी परिसरमा बुझाएको छ ।

महाशाखाले गत माघ ९ गते प्राधिकरणका ११ कर्मचारी, एक पूर्वकर्मचारी र ४ व्यापारीलाई पक्राउ गरेको थियो ।

त्यस्तै टोलीले इमाडोलमा रहेको रमेशकुमार लुनियाले सञ्चालन गरेको बोतल कारखानामा पनि छापा मारेको थियो । सञ्चालक लुनिया फरार रहे पनि २ थान बिजुली मिटर र ४ थान मिटर सिल बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन