September 4, 2016

एक कक्षा पनि नपढेका मानीसले लेखे १० पुस्तक

 १९ भदौ, मनाङ । मनाङका ७९ वर्षीय डिल्लीजङ तमु अझै पनि किताब लेख्दै हुनुहुन्छ । औपचारिक शिक्षामा कक्षा १ पनि अध्ययन नगर्नुभएका तमुले १० वटा पुस्तक प्रकाशन गरी सक्नुभएको छ । धारापानी गाविस नाचैका तमुले १० पुस्तक प्रकाशन गर्नका लागि अध्ययन भने कम्ती गर्नुभएको छैन । तत्कालीन पञ्चायतको कारण अध्ययन गर्न नपाएको बताउने तमुले तमु संस्कृतिको खोज तथा अध्ययनका लागि धेरै पहाड चढ्नु परेको बताउनुहुन्छ । “मैले पढेको छैन, तर अध्ययन गरेको छु,” उहाँ भन्नुहुन्छ, “भाषा, लिपि, संस्कृतिको खोजी गर्दै देश–विदेश पुगेको छु, तत्कालीन समयमा त्यो सजिलो थिएन ।”

उहाँ भन्नुहुन्छ, “इतिहासको जरो भेट्टाउन सजिलो भएन, धेरै पुस्तक पढेँ, धेरै बुढापाकालाई भेटेँे, पुरोहितहरुसँग सङ्गत गरेँ, परिणाम पुस्तक लेख्न सफल भएँ ।” अध्ययन सँगै विभिन्न स्थानमा भाषा, संस्कृतिको बहस गर्दा धेरै विरोध सहनु परेको उहाँ बताउनुहुन्छ । “तमुहरुको लिपि छैन भन्ने पत्ता लगाउने म हुँ”, उहाँ भन्नुहुन्छ, “यो विषयमा बोल्दा मेरो धेरै आलोचना भयो तर यथार्थ यही नै थियो ।” पछिल्लो समय मात्रै अन्य बौद्धिक तमुले आफूलाई बिश्वास र समर्थन गरेको उहाँको भनाइ छ ।

आफ्नो जातीय पहिचानको संरक्षणका लागि लेखेर सङ्घर्ष गरिरहनुभएका तमुले तमु जातिको इतिहास, धर्म संस्कारका बारेमा विभिन्न पुस्तक लेखिसक्नुभएको छ । २०४२ सालमा पहिलोपल्ट तमु नेपाली अङ्ग्रेजी शब्दावली प्रकाशन गर्नुभएका उहाँले २०७१ सालसम्म १० वटा पुस्तक प्रकाशन गरिसक्नुभएको छ ।

उहाँले प्रकाशन गरेका पुस्तकमा तमु जातिको वंशावली, धर्म, संस्कृति, इतिहासका महत्वपूर्ण विषयवस्तु समेटिएका छन् । उहाँले प्रकाशन गरेका पुस्तक अहिले उच्च शिक्षा अध्ययन गर्नेले सहयोगी पुस्तकका रुपमा लिने गरेको बताउँछन् । उहाँले लेखेका पुस्तक विभिन्न विश्वविद्यालयले समेत आफ्नो पाठ्यक्रममा राख्न खोजेको तमु बताउनुहुन्छ । “मैले लेखेका पुस्तकहरु विश्वविद्यालयको पाठ्यक्रममा समावेश गर्ने कुरा थियो, तर मेरा पढाइ नभएर पुस्तकले स्थान पाएन”, उहाँ भन्नुहुन्छ, “अहिले सहयोगी पुस्तकका रुपमा प्रयोग भएका छन् ।”

देश–विदेशबाट उहाँका पुस्तकको माग भएको उहाँ बताउनुहुन्छ । उच्च शिक्षा लिनेदेखि आफ्नो जातीय संस्कृतिको संरक्षण तथा पहिचान खोजमा लागेकाले उहाँका पुस्तक लिने गरेको उहाँको भनाइ छ । पहिचान संरक्षणमा लागिपर्नुभएका तमु सामाजिक कार्यमा पनि अगाडि हुनुहुन्छ । आफूले औपचारिक अध्ययन गर्न नपाउनुभएका तमुले आफ्नो पहलमा मनाङमा एउटा विद्यालयको स्थापना गर्नुभएको छ । मनाङको एक गुम्बामा स्कुल संस्थापक बन्नुभएका तमुले मनाङकै थोँचेमा पनि अर्को विद्यालय स्थापनाका लागि पहल गर्नुभयो । फलस्वरुप थोँचेमा एउटा माध्यमिक विद्यालय रहेको छ ।

डिल्लीजङको पनि राजनीति गर्ने शोक थियो । “म राजनीति गर्न चाहन्थेँ तर मुलुकको पछिल्लो राजनीतिबाट दिक्क भएको छु, अब कुनै इच्छा छैन ।” तमु जातिको भाषा, धर्म, संस्कृति जगेर्ना गर्न आफ्नो जिन्दगी सुम्पिनुभएका डिल्लीजङले आफ्नो समुदायबाट १५ भन्दा बढी सम्मान पाउनुभएको छ । देश–विदेशमा रहेका तमु जातिसम्बन्धी दर्जनभन्दा बढी सम्प्रदायले उच्च सम्मान उहाँलाई गरेका छन् ।

लेखेर नथाक्ने डिल्लीजङ तमुले आफ्नो कर्तव्यलाई निरन्तरता दिइरहनुभएको छ । अब छिट्टै नै अर्को पुस्तक प्रकाशनको तयारीमा रहेको उहाँ बताउनुहुन्छ । “सास रहेसम्म तमु जातिको भाषा, धर्म, संस्कृतिको संरक्षणका लागि जे सक्छु गर्छु”, उहाँ भन्नुहन्छ, “म मरेर गए पनि मेरो योगदान मर्नेछैन, इतिहास मर्ने छैन ।” गाेरखापत्रवाट साभार

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै पत्रकार महासंघको प्रदर्शन

काठमाडौं, २८ साउन — पत्रकार किशोर श्रेष्ठको बिनाशर्त रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौं

सामाजिक सञ्जालमा मानहानि र गाली–बेइज्जती गरे कानुनी कारबाही हुने सरकारको स्पष्टोक्ति

काठमाडौं, साउन २६  । सरकारले सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट कसैको प्रतिष्ठा, इज्जत वा

सम्बन्धविच्छेदको मिलापत्र : मुद्दाको अन्त्य मात्र होइन, जिम्मेवार नयाँ जीवनको कानुनी सुरुवात

– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि