September 4, 2016

एक कक्षा पनि नपढेका मानीसले लेखे १० पुस्तक

 १९ भदौ, मनाङ । मनाङका ७९ वर्षीय डिल्लीजङ तमु अझै पनि किताब लेख्दै हुनुहुन्छ । औपचारिक शिक्षामा कक्षा १ पनि अध्ययन नगर्नुभएका तमुले १० वटा पुस्तक प्रकाशन गरी सक्नुभएको छ । धारापानी गाविस नाचैका तमुले १० पुस्तक प्रकाशन गर्नका लागि अध्ययन भने कम्ती गर्नुभएको छैन । तत्कालीन पञ्चायतको कारण अध्ययन गर्न नपाएको बताउने तमुले तमु संस्कृतिको खोज तथा अध्ययनका लागि धेरै पहाड चढ्नु परेको बताउनुहुन्छ । “मैले पढेको छैन, तर अध्ययन गरेको छु,” उहाँ भन्नुहुन्छ, “भाषा, लिपि, संस्कृतिको खोजी गर्दै देश–विदेश पुगेको छु, तत्कालीन समयमा त्यो सजिलो थिएन ।”

उहाँ भन्नुहुन्छ, “इतिहासको जरो भेट्टाउन सजिलो भएन, धेरै पुस्तक पढेँ, धेरै बुढापाकालाई भेटेँे, पुरोहितहरुसँग सङ्गत गरेँ, परिणाम पुस्तक लेख्न सफल भएँ ।” अध्ययन सँगै विभिन्न स्थानमा भाषा, संस्कृतिको बहस गर्दा धेरै विरोध सहनु परेको उहाँ बताउनुहुन्छ । “तमुहरुको लिपि छैन भन्ने पत्ता लगाउने म हुँ”, उहाँ भन्नुहुन्छ, “यो विषयमा बोल्दा मेरो धेरै आलोचना भयो तर यथार्थ यही नै थियो ।” पछिल्लो समय मात्रै अन्य बौद्धिक तमुले आफूलाई बिश्वास र समर्थन गरेको उहाँको भनाइ छ ।

आफ्नो जातीय पहिचानको संरक्षणका लागि लेखेर सङ्घर्ष गरिरहनुभएका तमुले तमु जातिको इतिहास, धर्म संस्कारका बारेमा विभिन्न पुस्तक लेखिसक्नुभएको छ । २०४२ सालमा पहिलोपल्ट तमु नेपाली अङ्ग्रेजी शब्दावली प्रकाशन गर्नुभएका उहाँले २०७१ सालसम्म १० वटा पुस्तक प्रकाशन गरिसक्नुभएको छ ।

उहाँले प्रकाशन गरेका पुस्तकमा तमु जातिको वंशावली, धर्म, संस्कृति, इतिहासका महत्वपूर्ण विषयवस्तु समेटिएका छन् । उहाँले प्रकाशन गरेका पुस्तक अहिले उच्च शिक्षा अध्ययन गर्नेले सहयोगी पुस्तकका रुपमा लिने गरेको बताउँछन् । उहाँले लेखेका पुस्तक विभिन्न विश्वविद्यालयले समेत आफ्नो पाठ्यक्रममा राख्न खोजेको तमु बताउनुहुन्छ । “मैले लेखेका पुस्तकहरु विश्वविद्यालयको पाठ्यक्रममा समावेश गर्ने कुरा थियो, तर मेरा पढाइ नभएर पुस्तकले स्थान पाएन”, उहाँ भन्नुहुन्छ, “अहिले सहयोगी पुस्तकका रुपमा प्रयोग भएका छन् ।”

देश–विदेशबाट उहाँका पुस्तकको माग भएको उहाँ बताउनुहुन्छ । उच्च शिक्षा लिनेदेखि आफ्नो जातीय संस्कृतिको संरक्षण तथा पहिचान खोजमा लागेकाले उहाँका पुस्तक लिने गरेको उहाँको भनाइ छ । पहिचान संरक्षणमा लागिपर्नुभएका तमु सामाजिक कार्यमा पनि अगाडि हुनुहुन्छ । आफूले औपचारिक अध्ययन गर्न नपाउनुभएका तमुले आफ्नो पहलमा मनाङमा एउटा विद्यालयको स्थापना गर्नुभएको छ । मनाङको एक गुम्बामा स्कुल संस्थापक बन्नुभएका तमुले मनाङकै थोँचेमा पनि अर्को विद्यालय स्थापनाका लागि पहल गर्नुभयो । फलस्वरुप थोँचेमा एउटा माध्यमिक विद्यालय रहेको छ ।

डिल्लीजङको पनि राजनीति गर्ने शोक थियो । “म राजनीति गर्न चाहन्थेँ तर मुलुकको पछिल्लो राजनीतिबाट दिक्क भएको छु, अब कुनै इच्छा छैन ।” तमु जातिको भाषा, धर्म, संस्कृति जगेर्ना गर्न आफ्नो जिन्दगी सुम्पिनुभएका डिल्लीजङले आफ्नो समुदायबाट १५ भन्दा बढी सम्मान पाउनुभएको छ । देश–विदेशमा रहेका तमु जातिसम्बन्धी दर्जनभन्दा बढी सम्प्रदायले उच्च सम्मान उहाँलाई गरेका छन् ।

लेखेर नथाक्ने डिल्लीजङ तमुले आफ्नो कर्तव्यलाई निरन्तरता दिइरहनुभएको छ । अब छिट्टै नै अर्को पुस्तक प्रकाशनको तयारीमा रहेको उहाँ बताउनुहुन्छ । “सास रहेसम्म तमु जातिको भाषा, धर्म, संस्कृतिको संरक्षणका लागि जे सक्छु गर्छु”, उहाँ भन्नुहन्छ, “म मरेर गए पनि मेरो योगदान मर्नेछैन, इतिहास मर्ने छैन ।” गाेरखापत्रवाट साभार

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शुभारम्भ भएको चार वर्षमै सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने श्रमिकहरुको संख्या ४ लाख नाघ्यो

९ चैत,काठमाडौं । सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने योगदानकर्ताको सङ्ख्या चार लाख नाघेको छ ।

सरकारमा सम्मानजनक सहभागिता गराउन लोसपाको माग

९ चैत,काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले सत्ता गठबन्धनका दलहरुलाई सरकारमा सम्मानजनक सहभागिता गराउन

नेपालको सार्वजनिक ऋण २० खर्ब ८० अर्ब रुपैयाँ : फागुनमा मात्रै १० अर्ब रूपैयाँ ऋण

९ चैत,काठमाडौं। नेपालको सार्वजनिक ऋण २० खर्ब ८० अर्ब रूपैयाँ पुगेको छ। फागुनमा मात्रै १०

स्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्री दाहालको घोषणा

९ चैत,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पत्रकार र सबै प्रकारका सञ्चार माध्यमहरुको पेशागत तथा भौतिक

प्रधानमन्त्री दाहाललाई गगन थापाको आग्रह- नागरिकलाई नतर्साउनुस्

९ चैत,काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई नागरिकलाई नतर्साउन आग्रह गरेका

मदन भण्डारी राजमार्गमा ९७ वटा पुलको निर्माण कार्य सकियो, ८८ वटा बाँकी

९ चैत,काठमाडौं ।पूर्व–पश्चिम जोड्ने चौथो राजमार्गका रूपमा रहेको मदन भण्डारी राजमार्गअन्तर्गत ९७ पुलको निर्माण सम्पन्न