मनाससमा यस बर्षपनि ऐतिहासिक तिज विशेष कार्यक्रम

Teej-America-1वाशिंगटन डिसी । अमेरिकाको डिसी महानगर क्षेत्र अन्तर्गत भर्जिनियाको मनाससमा यस बर्षपनि ऐतिहासिक रुपमा तिजकाे अवसरमा कार्यक्रम गरिएकाे  छ । हिन्दू नेपाली महिलाको प्रमुख पर्व ‘हरितालिका तीज’को अवसरमा बिशेष कार्यक्रम अमेरिकाको डिसी महानगर क्षेत्र अन्तर्गत भर्जिनियाको मनाससमा यस बर्षपनि ऐतिहासिक रुपमा मनाइएको छ ।

अमेरिका-नेपाल सहयोगी समाजको एक परियोजना ‘अमेरिका-नेपाल शिक्षा सदन’, डिसी नेपाली समाज लगायत डिसी वरपरका संघ संस्था तथा नेपाली समुदायको बिशेष संलग्नतामा आयोजना भएको तीज बिशेष कार्यक्रममा अनुमान गरेभन्दा ज्यादै सहभगिता भएको कारण आयोजकलाई व्यवस्थापन गर्न निकै मुस्किल परेको थियो । स्वयंसेवकहरुको अथक मेहनत र सहयोगको कारण आएका सबैलाई भोजन गराइएको थियो । कार्यक्रममा उपस्थित भएकाहरु नाचगान र भोजनमा व्यस्त रहँदा कतिपयले बस्ने स्थानसम्म पाएका थिएनन् ।

डिसी महानगर क्षेत्रमा क्रियाशील रहेको अमेरिका-नेपाल सहयोगी समाज स्थापना कालदेखि नेपाल छाडि परदेशमा रहेका दिदी बहिनीहरुलाई माइतीकै जस्तो वातावरण बनाउन एक थलोमा जम्मा गराई उनीहरुले चाहे अनुसारको कार्यक्रम गराउदै आएको छ ।

बिगत बर्ष भन्दा यस पटकको तीजमा अमेरिकामा जन्मेका र यहीँ हुर्केका बालबालिका तथा समुह समुहमा महिलाहरुले नेपाली तीजका गीतहरुमा नृत्य प्रस्तुत गरेका थिए । यस पटकको तिजमा झन्डै २ दर्जन भन्दा ज्यादा महिलाले एकै प्रकारका पोशाक लगाएर कार्यक्रम स्थल नै उज्यालो बनाई दिएका थिए भने तीजलाई अझ रौनक बनाउन पुरुषहरुले पनि नेपाली पोशक लगाएर आएका थिए । महिलाहरुको भिडमा पुरुषहरुले पनि प्रस्तुति दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

सरकारद्वारा नयाँ श्रम आप्रवासन नीति सार्वजनिक, भारत जाने श्रमिकलाई पहिलोपटक समेटियो सामाजिक सुरक्षामा

काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२

इजरायलद्वारा इरानका सैन्य ठाँउमा थप हवाई आक्रमण

९ असार २०८२, सोमबार जेरुसेलम — इजरायली सेनाले सोमबार पश्चिमी इरानका मिसाइल प्रक्षेपण स्थलहरूमा हवाई

बन्द भएको अमेरिकी कारागार अल्काट्राजको पुनः खोल्न ट्रम्पको आदेश

 वैशाख २३  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन

बुद्ध जयन्तीको अवसरमा विश्व ध्यान दिवस मनाइदै

  “अबको योगको गन्तव्य बिश्व योगगुरुदेश नेपाल” पीपुल नेपाल न्यूज जेठ ९ काठमाण्डौं । विश्वशान्ति

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने