‘एक ट्राफिकको भागमा नौ सय सवारी’

traffic१५ भदाै, काठमाण्डाै । ‍सडक सुशासन कायम गर्न एक ट्राफिक प्रहरीले कति सवारी व्यवस्थापन गर्न सक्छन् ? सामान्यतः सबैले अनुमान लगाउँछन् एक सय दुई सय यस्तै।  तर, अहिले सडक सुशासनमा खटिने ट्राफिक प्रहरीले औसत दैनिक ९०६ सवारी व्यवस्थापन गर्नुपर्छ। पछिल्लो समय सवारी दुर्घटना बढेसँगै सवारी नियम कार्यान्वयनको उच्च प्रयास सरकारले गरे पनि नियम पालना गराउने जनशक्ति भने सारै न्यून रहेको पाइएको हो।

उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले संसद्को राज्य व्यवस्था समितिमा मङ्गलबार दिनुभएको जानकारी अनुसार ट्राफिक प्रहरीको अहिले स्वीकृत दरबन्दी २ हजार ३ सय ६५ छन् ।  अन्य ५०० प्रहरीलाई काजमा लगाइएको छ।  तर, यातायात व्यवस्था विभागको २०७२ फागुनसम्मको रेकर्ड अनुसार मुलुकभर २१ लाख ४३ हजार १८६ सवारी दर्ता छन् ।  एक ट्राफिकले अहिले पाँच दशमलव २८ किलोमिटर सडकमा सवारी व्यवस्थापन गर्नुपर्छ ।  जनसङ्ख्या अनुपातमा एक ट्राफिकले १२ हजार १९९ जना व्यक्तिको सवारी व्यवस्थापन गर्नुपर्छ ।

गत वैशाख १ देखि भदौ १३ सम्म सवारी दुर्घटनामा ८१६ जनाको ज्यान गएको छ ।  मासिक औसत झण्डै २०० का दरले सवारी दुर्घटनामा नागरिकको ज्यान गएको गृह मन्त्रालयको तथ्याङ्क छ । वैशाखमा सबैभन्दा बढी नागरिकको ज्यान गएको छ ।  २०४ नागरिकले वैशाख महिनामा सवारी दुर्घटनामा ज्यान गुमाएका छन् ।  साउन महिनामा दुर्घटनामा परी १८० जनाको निधन भएको छ ।  साउनमा काभ्रेको बिर्ता देउरालीमा बस दुर्घटनामा २७ जनाको ज्यान गएको थियो ।

गृहको तथ्याङ्क अनुसार जेठ महिनामा २००, असारमा १५४, साउनमा १८० र भदौ १३ सम्मका दुर्घटनामा ७८ जनाको ज्यान गएको छ ।  गत शुक्रबार त्रिशूलीमा भएको दुर्घटनामा एकै स्थानमा २२ जना र आइतबार अर्घाखाँचीमा भएको जिप दुर्घटनामा १२ जनाको ज्यान गएको थियो।

गृहको तथ्याङ्क अनुसार सबैभन्दा बढी दुर्घटनामा दुईपाङ्ग्रे सवारी पर्ने गरेका छन् ।  पाँच महिनाको अवधिमा दुई हजार ६५६ दुईपाङ्ग्रे सवारी दुर्घटनामा परेका छन् ।  दुर्घटनामा एक हजार ७७६ गम्भीर घाइते भएको मन्त्रालयको रेकर्ड छ ।  प्रहरी तथ्याङ्कले दुर्घटनाको मुख्य कारण चालकको लापरबाहीलाई मानेको छ ।आजको गोरखापत्रमा खबर छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन