भारतमा मात्र बर्सेनि १३ हजार बढी महिला तथा बालबालिका बेचिन्छन्

Sex-worker१४ भदाै काठमाडौँ  । नेपालमा महा विनासकारी भूकम्प गएपछि मानव वेच विखान बढ्दै गएकाे एक स‌स्थाकाे अध्ययानले देखाएकाे छ । चेलिबेटी बेचबिखनविरुद्धको राष्ट्रिय सञ्जाल (एनएनएजिटी)का अध्ययान अनुसार यस्ताे देखाएकाे हाे । स‌‌स्थाकाे अध्ययानमा भारतमा मात्र बर्सेनि १३ हजारभन्दा बढी महिला तथा बालबालिकाको बेचबिखन हुने गरेको छ तथ्याङ्क निकालेकाे छ । अहिले भारतमा कम्तीमा पनि दुई लाख नेपाली महिला तथा बालिका यौन व्यवसायमा संलग्न रहेको बताइएको छ ।

एनएनएजिटीका अध्यक्ष भारती सिलवाल गिरीले नयाँ दिल्ली, हङकङ, तिब्बतमा धेरै चेलिबेटीको बेचबिखन हुने गरेको बताउँदै भूकम्पको समयमा नेपालमा धेरै चेलिबेटी बेचबिखन भएको उल्लेख गरेकी छिन । गिरीले भनिन्– “भूकम्पपछि महिलालाई रोजगारीको प्रलोभनमा, सहज र राम्रो जीवनयापन हुने लोभ देखाएर बेचबिखनमा पार्ने गरेको देखियो । अहिले यौन व्यवसायका लागि मात्र नभई मानव अङ्ग तस्करीका लागि समेत महिला तथा बालबालिकाको प्रयोग गर्ने गरेको देखिन्छ ।”

खुल्ला सिमानाका कारण भारतमा महिला, बालिका बेचबिखनमा बढी पर्ने गरेपनि माइती नेपाललगायतका सिमानामा काम गर्ने  विभिन्न संस्थाहरुको सक्रियतामा केही कमी देखिएकाे उनले बताइन् । एनएनएजिटीको सोमबार सम्पन्न दुईदिने चौथो राष्ट्रिय सम्मेलनले सरकारले मानव बेचबिखनसम्बन्धी नयाँ कानुन बनाउनुपर्ने र भएका कानुनको कार्यान्वयनलाई प्रभावकारी बनाउनुपर्नेमा समेत गिरीले सुझाव दिएकी छिन्  ।

सम्मेलनले बेचबिखनमा परेका महिलाहरुकाे उद्धार कार्यलाई प्रभावकारी बनाउनुपर्ने र पीडितलाई न्याय दिलाउने तर्फ सरकारले छिटोभन्दा छिटो पहल गर्ने संयन्त्र गठन गरी पंभावकारी पिडीतलार्इ न्याय  र पिडकलार्इ कारवाही  गर्नुपर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

सफल जीवन बीमा अभिकर्ता बन्ने कला

  अधिवक्ता तारा निधि पन्त जीवन बीमा अभिकर्ता बन्नु केवल आम्दानीको स्रोत मात्र होइन, समाजका व्यक्तिहरूलाई

काठमाडौँ महानगरपालिकाबाट कीर्तिपुर अस्पताललाई स्वास्थ्य उपकरण खरिदमा सहयोग

काठमाडौँ, माघ २७ गते । काठमाडौँ महानगरपालिकाले कीर्तिपुर अस्पताललाई स्वास्थ्य उपकरण खरिदका लागि सहयोग गर्ने

 जस्तोसुकै अवस्थामा पनि चुनाव लड्छौँ, तर शान्ति–सुरक्षाको प्रत्याभूति आवश्यक:ओली

माघ ५, विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै अवस्थामा पनि

नयाँ वर्षको सुरुआतसँगै एआईको प्रभाव, सेयर बजार सुदृढ

१८ पुस,टोकियो । एसियाली सेयर बजारले सन् २०२६ को सुरुआत सकारात्मक संकेतका साथ गरेका छन्