August 29, 2016

पूर्व राष्ट्रपति यादवलाई क्यान्सर, उपचारका लागि थप ६० लाख दिने सरकारकाे निर्णय

download (2)१३ भदौ, काठमाडौं । पूर्व राष्ट्रपति डा. रामवरण यादवलाई क्यान्सर भए पछि उपचारका लागि भन्दै थप ६० लाख रुपैयाँ उपचार खर्च दिने निर्णय गरेको छ ।

यादवलाई हालै भारतमा गरिएको स्वास्थ्य परीक्षणका क्रममा प्रोस्टेट क्यान्सर देखिएको चिकित्सकले वताएका छन् । थप उपचारका लागि उनी अमेरिका जाने तयारीमा छन् । यादवको सेम्टेम्बर तेस्रो हप्ता हेनरीफोर्ड सेन्टरमा उपचार हुने निजी सचिवालयले जनाएको छ ।

यादवको सबै उपचार खर्च सरकारले नै व्यहोर्नेछ । सरकारले दिएको यो ६० लाख पेश्की मात्र रहेको वताईएको छ । चिकित्सकहरुका अनुसार यादवको उपचारमा ३ करोडभन्दा बढी खर्च लाग्नेछ ।

यसअघि भारतमा उपचार गराउन जाने क्रममा पनि सरकारले १० लाख रुपैयाँ दिएको थियो । यद्यपि नेहरु अस्पतालले निःशुल्क उपचार गरिदिएको थियो । उक्त अस्पतालको शिक्षण अस्पतालमा यादव आफैंले अध्ययन गरेका थिए ।

सरकारले पूर्व राष्ट्रपति डा. यादवलाई ६० लाख उपचार खर्च बाहेक जाने, आउने विजनेश क्लासको टिकट, दैनिक ३०० डलर भत्ता पनि दिनेछ । साथै उनका तीन जना सहयोगीलाई हवाइ टिकट र दैनिक १५० डलर दैनिक भत्ता दिने सरकारको निर्णय छ ।

यादव राष्ट्रपति रहेकै बेला क्यान्सरको आशंका गरेपछि परीक्षणका लागि सरकारले जापान पठाएको थियो । तर, त्यसबेला उक्त आशंका गलत भएको परीक्षणबाट पुष्टि भयो ।

पछिल्लो पटक साउन तेस्रो साता जनकपुरमा रहेका बेला पिसावमा समस्या देखिएपछि यादवले त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण गराएका थिए । त्यसक्रममा प्रोस्टेटमा समस्या देखिएपछि चिकित्सकहरुको सुझाव अनुसार भारत गएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

इन्जिनियरिङको शुल्क वृद्धि फिर्ता

भदौ १४, काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले स्नातक तहमा वृद्धि गरेको शुल्क तत्काल कार्यान्वयन नगर्ने

एमालेको सचिवालय वैठकले केन्द्रिय नेताहरुलाई यस्तो जिम्मेवारी दियो

 २०८० जेठ २४, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय सदस्यसम्मको कार्यविभाजन गरेर अन्तर पार्टी

भारत भ्रमणमा प्रधानमन्त्री प्रचण्डलाई एमालेले दिएको ५ महत्त्वपूर्ण सुझावहरु यस्ता छन्

जेठ १४, काठमाडौं । भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले सुझावका लागि भनेर डाकेकाे वैठकमा

ठाकुर गैरे पाल्पा दुईबाट एमालेको एकल उम्मेदवारमा सिफारिस

पाल्पा, भदौ २० गते । विद्यार्थी नेता एवं नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य  ठाकुरप्रसाद गैरे पाल्पा क्षेत्र

२२ हजारलाई एक अर्ब पाँच करोड रुपैयाँ

काठमाडौँ, ११ बैशाख । सामाजिक सुरक्षा योजनाअन्तर्गत सरकारले लगभग सात प्रतिशत अर्थात् एक अर्ब पाँच

एमाले सचिवालयको बैठकले महानगर र उपमहानगरका उम्मेदवार टुङ्ग्याउदै

काठमाडौँ, १० बैशाख । प्रमुख प्रतिपक्षी नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै छ । पार्टी