माओवादी सत्ताबाट मात्र देश समृद्ध बन्छः प्रकाण्ड

काठमाडौं । नेकपा माओवादीका स्थायी समिति सदस्य एवं प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले माओवादीको सत्ताले मात्र देशलाई समृद्ध बनाउने बताएका छन् । माओवादीको सत्ता नै जनताको सत्ता हुने बताउँदै दलाल पूँजीपतिहरुको सत्ताले देश र जनतालाई सधैं पराधीन बनाइराख्ने प्रवक्ता प्रकाण्डले बताए ।

आइतबार राजधानीको संवाद डबलीमा क्रान्तिकारी माओवादीहरुबीच भइरहेको तीव्र ध्रुवीकरण र संघर्षको गतिबारे आयोजित  पत्रकार सम्मेलनमा पार्टीको धारणा राख्दै उनले सो कुरा बताएका हुन् ।

क्रान्तिकारी शक्तिहरुको धु्रवीकरण देशभर तीव्र गतिमा भइरहेको बताउँदै दिँदै आउँदो मंगलबार छरिएर रहेका क्रान्तिकारीहरु नेकपा माओवादीले उठाएको क्रान्तिको झण्डामुनि गोलबन्द हुने कार्यक्रम रहेको जानकारी दिए ।क्रान्तिकारीबीच एकता नभई ध्रुवीकरण आजको आवश्यकता रहेको भन्दै एकताले क्रान्तिकारी पार्टी भाँडमा जाने र त्यसको ठाउँमा ध्रुवीकरण महत्वपूर्ण रहेको उनको भनाई छ ।

आउने मंगलबार कम्युष्टि क्यूक्लियस नेपालका संयोजक सुदर्शन ओली ‘हेमन्त’सहितको टोली नेकपा माओवादीमा ध्रुवीकरण हुँदैछ ।
विगतमा नेतृत्वको विचलन र आत्मसमर्णकारी चरित्रका कारण माओवादी आन्दोलन विजयको नजिक पुगेर रोकिएको प्रवक्ता प्रकाण्डले बताए । त्यसपछि केही समयसम्म प्रयास गर्दा पनि नेतृत्वकै कारण क्रान्तिको झण्डा उठाउन अवरोध पुगेपछि नेत्रविक्रम चन्द ‘विप्लव’को नेतृत्वमा माओवादी आन्दोलनको झण्डा दरोसँग उठाउन काम भइरहेको बताए ।

यसै झण्डामुनिको गोलबन्दले मात्र नेपाली जनताको क्रान्ति सम्पन्न हुने उनको भनाई छ । यसैबाट राष्ट्रिय स्वाधीनताको रक्षा र जनताको सत्ता स्थापना सम्भव हुने बताए । वर्तमान सत्ता जनताको नभएको र विदेशी र स्वादेशी दलाल पूँजीपतिहरुको निर्देशनमा चल्ने भएकोले देश र जनताको हितमा कहिल्यै काम गर्न नसक्ने बताए ।

अब माओवादीले सत्ता लिएर चलाउने र दलाल पुँजीपतिहरुको दोहोलो काढ्ने बेला आएको उनको भनाई छ । उनले अहिले आत्मनिर्भर राष्ट्रिय पूँजी निर्माण तथा उत्पीडित जनताको पक्षमा, बाह्य हस्तक्षेप र राष्ट्रिय अन्तर्राष्ट्रिय दलाल पूँजीपतिद्वारा निर्देशित सत्ताधारीका विरुद्ध क्रान्ति शुरुवात गर्दा सुरक्षा फौज पयोग गरेर बर्बर दमन गर्न शासकहरु हानथाप गरिरहेको बताए ।

‘हामी सत्ता त लिन्छौं नै, यसपछि देश र जनता समृद्ध हुने क्रम तीव्र रुपमा अघि बढ्छ’ प्रवक्ता प्रकाण्डले भने ‘त्यो बेला अहिलेका दलाल शासक के गर्छन् हेरौँला ।’
माओवादी केन्द्र,पत्रकार सम्मेलनमा पार्टीका पोलिट ब्यूरो सदस्य एवं उपत्यका विशेष ब्यूरोका इन्चार्ज सन्तोष बुढाले पार्टी र धु्रवीकरण प्रक्रिया सहभागी भएका विभिन्न पक्षहरुको संयुक्त प्रेस विज्ञप्ति वाचन गरेका थिए । विदेशी दलालको इसारामा बनेको सरकारले जनतालाई धोका बाहेक केही दिन नसक्ने इन्चार्जले बुढाले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन