Facebook

भारतमा हालेको टेन्डरबाट बाहिरियो नेपाल विद्युत् प्राधिकरण

काठमाडाैं, माघ ११ः वर्षा याममा २५ मेगावाट विद्युत् आपूर्ति गराउने गरी भारतको बीआरपीएल नामक कम्पनीमा हालेको टेन्डरबाट नेपाल विद्युत् प्राधिकरण बाहिरिएको छ । प्रतिस्पर्धामा सहभागी भएका अन्य कम्पनीहरूको भन्दा प्राधिकरणले प्रस्ताव गरेको विद्युत् महसुल दर बढी भएपछि उक्त टेन्डरबाट प्राधिकरण बाहिरिएको हो । हाल प्राधिकरणले भारतबाट प्रतियुनिट ६ रुपैयाँ ६२ पैसा (४ दशमलव १४ भारतीय […]

अमरिकाका राष्ट्रपति बाइडेनले उल्टाए ट्रम्पका निर्णय, पहिलो दिन गरे १५ निर्णय

२०७७ माघ ८,अमरिकाका ४६औँ राष्ट्रपतिको पद सम्हालेलगत्तै जो बाइडेनले निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पका केही निर्णय उल्टाएका छन् । क्यापिटल हिलमा बुधबार आयोजित शपथग्रहण कार्यक्रमपछि ह्वाइटहाउस पुगेका बाइडेनले विभिन्न १५ निर्णयमा हस्ताक्षर गरेको बिबिसीले जनाएको छ ।  ट्रम्पले आफ्नो कार्यकालमा जलवायु परिवर्तन तथा छिमेकी राष्ट्रसँगको सिमानामाथि अडान लिएका थिए । तर, बाइडेन यस विषयमा लचिलो बनेका […]

ललिता निवास जग्गा प्रकरणः सीआईबीको अनुसन्धान अन्तिम चरणमा

काठमाडौं, माघ ८ः ललिता निवास तथा त्यससँग सम्बन्धित सरकारी जग्गा हिनामिनासम्बन्धी अनुसन्धानलाई अन्तिम रूप दिएको प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)ले चार सय जनाविरुद्ध मुद्दा दर्ताको अन्तिम तयारी गरेको छ । कोभिड–१९ (कोरोना भाइरस)का कारण रोकिएको अनुसन्धान प्रक्रियालाई सीआईबीले अन्तिम रूप दिएको छ । सीआईबीले दोषी देखिएकालाई किर्ते र ठगीमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गर्ने […]

लेभी कटौती नगरी नेकपा सांसदको पारिश्रमिक जम्मा गरियो

काठमाडौं, माघ १, सङ्घीय संसद् सचिवालयले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सदस्यले पार्टीलाई बुझाउने शुल्क (लेभी) कटौती नगरी पारिश्रमिक जम्मा गरिदिएको छ । कानुनी रूपमाबाहेक पार्टी विभाजित भएपछि असन्तुष्ट पक्षका सांसदले ‘लेभी’ रोक्का गरिदिन सचिवालयमा निवेदन नै दिएका थिए । सो निवेदनपछि सचिवालयले नेकपाका सबै सदस्यको लेभी रकमसमेत सांसदकै खातामा जम्मा गरिदिएको छ । यसअघि सचिवालयले समन्वय […]

आज प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा सुनुवाइ

काठमाडौं, पुस २९ः प्रतिनिधिसभा विघटन गरिएको विरुद्ध दायर भएका रिट निवेदनको सुनुवाइ संवैधानिक इजलासमा हुने हो वा बृहत् पूर्णइजलासमा हुने भन्ने सम्बन्धमा अझै पनि अन्योल रहेको छ भने आम नागरिकमा छिटो फैसला आउनुपने चासो बढेको छ ।प्रतिनिधिसभा विघटन गरिएको विरुद्ध दायर भएका १३ वटा रिट निवेदनको सुनुवाइ संवैधानिक इजलासबाट हटाई बृहत् पूर्णइजलासमा हुनुपर्ने माग गर्दै […]

जापानको टोकियोमा आपतकाल घोषणा

एजेन्सी, पुस २४ः कोरोना भाइरस संक्रमणको दर बढ्दै गएपछि जापानको टोकियोमा आपतकाल घोषणा गरिएको छ । राजधानी टोकियोमा आपतकाल घोषणा गरिएको हो । कोरोना भाइरस संक्रमणको दर थप बढ्दै गएपछि जापान सरकारले राजधानी टोकियोमा आपतकाल घोषणा गरिएको समाचार एजेन्सीहरूले उल्लेख गरेका छन् । यो आपतकाल एक महिनासम्म जारी रहने समाचारमा जनाइएको छ ।जापानका प्रधानमन्त्री योशिहिदे […]

घुसकाण्डमा फसेकाहरु नै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा

काठमाडौं,मंसिर ३०, २०७७,देशमा भ्रष्टाचार नियन्त्रणका लागि गठन गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा नियुक्ति पाएकाहरू विवादित हुन थालेका छन्। योग्यता नपुगेका लोकमानसिंह कार्की हुन् वा घुसकाण्डमा फसेका राजनारायण पाठक वा ललिता निवास काण्डमा फसेका दीप बस्न्यात सबैलाई नियुक्ति गर्ने राजनीतिक दलका नेता नै हुन्। कार्कीलाई तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको कार्यकालमा तथा पाठक र बस्न्यातलाई तत्कालीन […]

उद्यमीलाई शून्य ब्याजदरमा ऋण

काठमाडौं,मंसिर २०, २०७७ ,बुटवल । लुम्बिनी प्रदेश सरकारले उद्यमी विकासका लागि ब्याज अनुदानमा करिब डेढ अर्ब ऋण दिन थालेको छ। कोरोना महामारीपछि उत्पन्न बेरोजगारी समस्या न्यूनीकरण गर्दै स्वदेशमै उद्यम विकास गर्ने योजनासहित शून्य ब्याजदरमा ऋण दिन लागिएको हो। प्रदेश सरकारले १२ जिल्लामा करिब १ अर्ब ३५ करोड ऋण प्रवाह हुने अपेक्षा गरेको छ। त्यसको साझेदार […]

कीर्ते नागरिकता दिएको अभियाेगमा दुई जना पक्राउ

बागलुङ, मंसिर १२ः कीर्ते नागरिकता सिफारिस गरेको भन्दै जिल्ला अदालत बागलुङले वडाध्यक्षसहित पाँच जनालाई पक्राउ पुर्जी जारी गरेको छ । बागलुङ नगरपालिका–४ का वडाध्यक्ष ध्रुवबहादुर केसीसहित पाँच जनाविरुद्ध जिल्ला अदालत बागलुङले बिहीबार पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिए । पक्राउ पुर्जी जारीपछि जिल्ला प्रहरी कार्यालय […]

ज्येष्ठ नागरिकद्धारा भक्तपुरको मध्यपुर थिमि नगरपालिका घेराउ, मेयर मदनसुन्दर श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजालबीचको लेनदेन र कमिसन विवाद!

भक्तपुर, मंसिर ११ः भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा यहाँका ज्येष्ठ नागरिकले घेराउ गरेका छन्। मेयर मदनसुन्दर श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजालबीचको लेनदेन र कमिसन विवादका कारण दसैंअघि नै दिनुपर्ने सामाजिक सुरक्षाभत्ता तिहार र छठ पर्व सकिँदा पनि नपाएको भन्दै उनीहरुले बुधबार नगरपालिका कार्यालय घेराउ गरेका हुन्। अग्रज समाज नेपालको पहलमा ज्येष्ठ नागरिकले नगरपालिका कार्यालय […]

 

photo

NOC1-250x300