banner-2

मेलम्चीको पानी ३२० स्थानबाट चुहावट

काठमाडौं, वैशाख ७ः मेलम्चीको पानी पुरानो पाइपलाइनबाट वितरण गर्दा ३२० स्थानबाट चुहावट भएको छ । पुरानो पाइपलाइन भएकाले चुहावट बढेको छ भने यसको मर्मत हुँदैछ । यसअघि पानीको बहाव कम हुँदा जमिनमुनि पानी रहन्थ्यो भने बहाव बढेपछि सतहमा देखिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले जनाएको छ । जहाँ चुहावट भएको छ, त्यहाँ मर्मत गरिएको केयूकेएलले […]

यी ठाउँमा कोरोना खोप दोस्रो मात्रा आजदेखि लगाउन पाइन्छ

 २०७८ वैशाख ७ काठमाडौं । सरकारले माघ र फागुन महिनामा कोरोना खोपको पहिलो मात्र लिएकाहरुलाई आजदेखि दोस्रो मात्रा दिने अभियान सुरु गरेको छ । पहिलो चरणमा खोपको पहिलो मात्रा लिएका फ्रन्टलाइनर कर्मचारी, स्वास्थ्यकर्मी, कुटनीतिक नियोगका कर्मचारी, पत्रकार, बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु र जेष्ठ नागरिकले आजदेखि खोपको दोस्रो मात्रा लिनेछन् । भारतले उपलब्ध गराएको कोभिशिल्ड […]

माओवादीले जितेका १३ स्थानमा उपनिर्वाचन

काठमाडौं ,बैशाख ६, रामबहादुर थापा ‘बादल’ लाई आइतबार राष्ट्रिय सभा सदस्यबाट पदमुक्त गरिएसँगै १३ जना सांसदको पदपूर्ति उपनिर्वाचनबाट गर्नुपर्ने भएको छ । यसअघि संघ र प्रदेश गरी १२ स्थानमा सांसद पद रिक्त भइसकेको छ । यसै क्रममा थापालाई राष्ट्रिय सभा सदस्यबाट पदमुक्त गरिएको हो । थापाको ठाउँमा ३५ दिनभित्रै उपनिर्वाचन गर्नुपर्ने कानुनी बाध्यता रहेको छ […]

आज चट्टयाङ, हावाहुरी र असिनाको सम्भावना

 बैशाख ४, काठमाडौं । शनिबार देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका पहाडी भूभागका केही स्थानमा र तराईका थोरै स्थानमा मेघगर्जन, चट्टयाङ, हावाहुरी र असिनासहित क्षणिक वर्षाको सम्भावना छ । यस्तै आइतबार पनि प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली […]

एमसीसी सम्झौता अगाडि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं,बैशाख ३,झन्डै दुई वर्षदेखि प्रतिनिधि सभामा दर्ता भई प्रक्रिया अगाडि नबढेको एमसीसी सम्झौता अगाडि बढाउन सरकारले पहल थालेको छ । सरकार र सदनको समेत टकरावको अवस्था बन्दै आएको सम्झौता कार्यसूचीमा अगाडि बढाउन प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले चासो दिएका हुन्। प्रधानमन्त्री ओलीले कार्यव्यवस्था परामर्श समितिमा सरकार प्रतिनिधि कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीलाई कार्यसूचीमा अगाडि बढाउन […]

योगदानकर्तालाई उपचारमा छुट

काठमाडौँ, वैशाख २ गते । सामाजिक सुरक्षा कोषका योगदानकर्ताले स्वास्थ्योपचारमा सुविधा पाउने भएका छन् । त्यसका लागि सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनामा आबद्ध योगदानकर्तालाई कार्डका आधारमा स्वास्थ्य उपचारमा लाग्ने खर्चको ८० प्रतिशत रकम अस्पतालले बेहोर्ने व्यवस्था गरेको छ । त्यसको परीक्षण सेवा सुुरु गरेको कोषले जनाएको छ । व्यवस्थालाई सरल बनाउन नयाँ व्यवस्थाको परीक्षण सुुरु […]

खोपको दोस्रो डोज : हेर्नुहोस् कसले कुन मितिमा लगाउन पाउँछन्

  काठमाडौं,बैशाख १, कारोनाविरुद्धको खोपको पहिलो मात्रा लगाइसकेका नागरिकले दोस्रो मात्रा २०७८ वैशाख ७ देखि ११ गतेसम्म लगाउन पाउने भएका छन् । नेपालमा भारत सरकारको सहयोगमा २०७७ माघ ८ गते पहिलोपटक १० लाख डोज खोप भित्रिएसँगै माघ १४ देखि फागुन १० गतेसम्म खोपको पहिलो मात्रा लगाइएको थियो। खोपको पहिलो मात्रा लगाएको मितिअनुसार दोस्रो मात्राका लागि […]

दोलखामा जीप दुर्घटना,चार जनाको मृत्यु

 २०७७ चैत ३१ गते ,काठमाडौं । दोलखाको विगु गाउँपालिका वडा नम्बर ४ मा गएराति ११ बजे भएको जीप दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरु सबै विगु गाउँपालिका वडा नम्बर ३ का बासिन्दा हुन् । जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर अन्जन कोइरालाका अनुसार सिंगटी बजार नजिकै लादुग गाउँमा घुमाउरो उकालो कच्ची सडकबाट प्रदेश–३, ०१, […]

दक्षिण  कोरियामा रोजगारी : सन्  २०२१ मा  नेपालका  लागि  पाँच हजार  ४००  जनाको  कोटा

काठमाडौं,चैत ३०, दक्षिण  कोरियाको  मानव  संशोधन विभाग  (एचआरडी)ले  सन्  २०२१  मा  नेपालका  लागि  पाँच हजार  ४००  जनाको  कोटा  निर्धारण  गरेको  छ ।  वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले  एचआरडीले  निर्धारण  गरेको  यो  सङ्ख्या  लग्ने सङ्ख्याभन्दा पनि भाषा र सीप परीक्षा उत्तीर्णका लागि निर्धारण गरेको हो । एचआरडीले  सन्  २०२१  का  लागि  ५२  हजार  […]

अपमानको प्रवृत्ति

विरोध त्यसको हुन्छ, जसले केही नयाँ गर्न प्रयास गर्छ, क्रमभङ्गताको आरम्भ गर्छ   चैत्र २९, २०७७ आईतवार , पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी)बाट निलम्बित वरिष्ठ नेता माधवकुमार नेपालले चैत २७ मा विराटनगरमा भन्नुभयो– केपी शर्मा ओलीलाई सहयोग गर्नेहरू दास हुन् । त्यसकारण समानान्तर कमिटी गठनका लागि विराटनगर आयौँ । विधानविपरीत काम गर्नेलाई […]

 

photo

NOC1-250x300