प्रविधि

श्रम अडिट के हो?

  LABOUR AUDIT Q1.   What is Labour Audit? श्रम अडिट के हो? Labour Audit is a legal compliance-checking tool relating to employment practices and policies of an employer. It is an important exercise to scrutinize minutely the adherence of employer and employees to the prevalent labour laws of the country.श्रम अडिट रोजगारदाताका रोजगारीसँग सम्बन्धित नीतिनियम र […]

सुईमार्फत् वयस्क बनाएर देहव्यापार

काठमाडौँ, पुस २२ गते । नेपालमा हराएका बालिकालाई भारत पु-याएर देहव्यापारमा लगाउने गरेको खुलेको छ । बेचबिखनमा पर्ने साना बालिकाको यौनाङ्ग र अन्य अङ्ग विकास गराई वयस्क देखाउन सुई लगाउने गरेको अनुसन्धानबाट खुलेको छ । विभिन्न प्रलोभनमा पारेर तथा झुक्याएर बेहोस बनाई भारतका कोठीमा बेचिएका अधिकांश बालिकालाई सुईमार्फत अङ्गहरूको विकास गराइएका अधिकांश बालिका पछि दीर्घ रोगी भई मृत्यु हुने […]

बिजुली जाने समस्या क्षणिक

काठमाडौँ, पुस १७ गते । पुसे झरीका कारण देशभर चिसो बढेको अवस्थामा काठमाडौँलगायत केही स्थानमा बारम्बार विद्युत् आउने र जाने समस्या क्षणिक भएको नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले स्पष्ट पार्नुभएको छ । शुक्रबार पत्रकार सम्मेलन गरेर उहाँले अहिले देखिएको समस्या क्षणिक भएको र त्यसलाई सुधार्न काम सुरु भइसकेको जानकारी गराउनुभएको हो । मङ्गलबारदेखि […]

चिट्ठाको प्रलोभनमा पर्दा २२ वर्षीया युवती ठगिइन्!

काठमाडौँ, पुस ९ गते । काठमाडौँ नयाँबजारकी २२ वर्षीया युवती कल्पना (नाम परिवर्तन) गत साता सामाजिक सञ्जालबाट ठगिइन् । उच्च शिक्षाका लागि अमेरिकाको प्रवेशाज्ञा लिएर उड्ने तयारीमा बसेकी कल्पनाले ‘ह्वाट्स एप’मा चिट्ठा परेको भन्दै आएको म्यासेजको प्रलोभनमा परी अपरिचित व्यक्तिलाई ८० हजार रुपियाँ पठाइन् । उनले चिट्ठामा परेको लाखौँ रकम पाउने प्रलोभनमा अपरिचित व्यक्तिलाई मोबाइल बैङ्किङको […]

आजदेखि चितवनमा ‘स्मार्ट लाइसेन्स’ नवीकरण हुने

भरतपुर, १८ मङ्सिर (रासस) : चितवनमा आजदेखि स्मार्ट लाइसेन्स नवीकरण कार्य सुरु हुँदैछ । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्मार्ट लाइसेन्स सेवाको शुभारम्भ गर्नुहुनेछ । अध्यक्ष दाहालले हालसालै सुरुआत गरिएका सवारी दर्ता र स्मार्ट लाइसेन्स नवीकरण सेवाको शुभारम्भ गर्ने कार्यक्रम रहेको यातायात व्यवस्था सेवा कार्यालय भरतपुरका प्रमुख विनोद पौडेलले जानकारी दिनुभयो […]

सूचना प्रविधि क्षेत्रको सुदृढीकरण

सुनिलकुमार के.सी.    मंसिर १८, २०७८   सूचना प्रविधिको विविध क्षेत्रमा हाल दैनिक जसो नयाँ नयाँ प्रविधिको विकास तथा प्रयोग हुँदै आइरहेको देखिन्छ । नेपालमा समेत यस्ता प्रविधिको प्रयोगमा निरन्तर वृद्धि हुँदै गइरहेकोले नवीनतम प्रविधिको विकास तथा प्रयोगबाट प्राप्‍त हुन जाने अवसरमार्फत उचित लाभ उठाउन यस क्षेत्रको आवश्यक प्रवद्र्धन तथा नियमन जरुरी छ । जनतालाई […]

लामो समयसम्म कम्प्युटरमा बस्नुहुन्छ ? देखिन सक्छ यस्ता गम्भीर समस्या

काठमाडौं,असोज २२, कम्प्युटरमा बसेर काम गर्दा कतै तपाईंको बसाइ स्थिति एवं बस्ने आसन त मिलेको छ ? यदि मिलेको छैन भने ढाड, गर्धन अथवा हात दुख्ने समस्या आउन सक्ने चिकित्सकको भनाइ छ । अनियमित दिनचर्या तथा ढाडको हेरचाहको कमीले यस्तो समस्या आउँछ । पछिल्लो समय धेरै नेपालीमा ढाड, हात, गर्धन दुख्ने समस्या बढ्दै गएको नेपाल […]

इन्टरनेट प्रयोगकर्ता जनसंख्या बराबर

काठमाडाैं, असाेज ५ः नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या तीन करोड नाघेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको प्रतिवेदनअनुसार असार मसान्तसम्म एक करोड फोरजी प्रयोगकर्ता, एक करोड २८ लाख थ्रिजी प्रयोगकर्तासहित कुल इन्टरनेट सेवा लिने ग्राहकको संख्या तीन करोड नाघेको हो । कुल जनसंख्याको १०२.४० प्रतिशत जनताको पहुँचमा इन्टरनेट सेवा पुगेको तथ्याङ्कमा उल्लेख छ । प्राधिकरणले […]

आज विज्ञान दिवस विज्ञान कूटनीति मार्फत लगानी भित्र्याउने रणनीति

काठमाडौँ, असोज १ः नेपालले साइन्स डिप्लोमेसी (विज्ञान कूटनीति)मार्फत विज्ञान र प्रविधिको क्षेत्रमा नयाँ लगानी भित्र्याउने रणनीति अख्तियार गर्ने भएको छ । विज्ञानको विकास विस्तार र उन्नयनका लागि साइन्स डिप्लोमेसीमार्फत लगानी भित्र्याउने रणनीति लिइने भएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालका विदेशीस्थित राजदूतहरू मार्फत यस रणनीतिलाई कार्यान्वयन गराउने तयारी गरेको छ । विज्ञान तथा […]

७ अर्ब ७२ करोड बराबरको ल्यापटप आयात

काठमाडौं,भदौ ८,नेपालमा गत आर्थिक वर्षमा रू. ७ अर्ब ७२ करोड बराबरको ल्यापटप आयात भएको छ । बन्दाबन्दी सृजित नयाँ वातावरणका कारण नेपालमा ल्यापटपको खपत वृद्धि भएको छ । अनलाइन कक्षा तथा जूम सम्मेलनको बढ्दो प्रवृत्ति, सरकारी सेवाहरूमा पनि अनलाइन संस्करणको बढ्दो अभ्यास तथा सूचना प्रविधिमैत्री समाजका कारण नेपालमा ल्यापटपको आयात बढेको हो । नेपालले आयात […]

 

photo

NOC1-250x300