काठमाडौँ, असार १९ । प्रधानमन्त्री वालेन्द्र शाहले विभिन्न संवैधानिक निकायमा रिक्त रहेका पदमा नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले संवैधानिक परिषद्को बैठक बोलाउनुभएको छ। प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार परिषद्को बैठक शुक्रबार साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ।
बैठकमा निर्वाचन आयोग, राष्ट्रिय मानवअधिकार आयोग, मुस्लिम आयोग लगायत विभिन्न संवैधानिक निकायमा रिक्त रहेका अध्यक्ष तथा सदस्य पदमा नियुक्तिका लागि आवश्यक सिफारिसबारे छलफल हुने जनाइएको छ। हाल ती संवैधानिक निकायमा लामो समयदेखि अध्यक्ष तथा सदस्य पद रिक्त रहेकाले आवश्यक निर्णयका लागि परिषद्को बैठक आह्वान गरिएको हो।
संवैधानिक परिषद्मा प्रधानमन्त्री वालेन्द्र शाह अध्यक्ष रहनुहुन्छ। परिषद्का सदस्यमा सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख रुविकुमारी ठाकुर, प्रधानन्यायाधीश मनोजकुमार शर्मा तथा प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे रहनुभएको छ।
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध
काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज