‘जेनजी आन्दोलन’मा दमनबारे आयोगको प्रतिवेदन सार्वजनिक, २८ घाइतेका बयान समेटिए( यस्तो छ पुर्ण पाठ )

चैत १२,काठमाडौँ । भ्रष्टाचार नियन्त्रण र सुशासनको मागसहित भदौ २३ र २४ गते सञ्चालन भएको ‘जेनजी आन्दोलन’का क्रममा राज्यपक्षबाट भएको दमनबारे गठित जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन सार्वजनिक गरेको छ।

गौरी बहादुर कार्की नेतृत्वको आयोगले घटनाको छानबिनपछि तयार पारेको प्रतिवेदनमा आन्दोलनका क्रममा घाइते भएका २८ जना प्रदर्शनकारीको विस्तृत बयान समेटिएको छ। ती बयानहरूमा सुरक्षाकर्मीले बिना चेतावनी निहत्था नागरिकमाथि लक्षित गरी गोली प्रहार गरेको दाबी गरिएको छ।

प्रतिवेदनअनुसार, शान्तिपूर्ण रूपमा सुरु भएको आन्दोलनमा प्रहरीले एक्कासि अश्रुग्यास, रबर बुलेट तथा घातक धातुका गोली (लाइभ राउन्ड) प्रयोग गरेको घाइतेहरूले बताएका छन्। अधिकांश घाइतेले घुँडाभन्दा माथि, छाती, पेट, टाउको र आँखामा गोली लागेको उल्लेख गरेका छन्।

घाइतेमध्ये १७ वर्षीया एकता शाहले बानेश्वर क्षेत्रमा प्रदर्शन हेरिरहेको अवस्थामा दायाँ घुँडामा रबर बुलेट लागेर गम्भीर घाइते भएको बयान दिएकी छन्। त्यस्तै, कुमार उपाध्यायले घरको छतमा उभिएर हेर्दै गर्दा लागेको गोली पाखुरा हुँदै फोक्सो र ढाडसम्म पुगेको बताएका छन्। अर्का घाइते राम चर्माकारले कलंकी क्षेत्रमा करिब १५–२० मिटर दूरीबाट बिना चेतावनी चलाइएको गोली सिधै आँखामा लागेको बताएका छन्।

गीता कुमारी शाहको घटना भने फरक प्रकृतिको रहेको प्रतिवेदनमा उल्लेख छ। भदौ २४ गते कोटेश्वरमा आन्दोलनकारीको भेषमा आएका उग्र समूहले एक प्रहरी हवल्दारमाथि आक्रमण गर्न खोज्दा उनलाई बचाउन प्रयास गर्ने क्रममा गीतामाथि पेट्रोलजस्तो पदार्थ छर्केर आगजनी गरिएको थियो। उक्त घटनामा उनको शरीरको करिब ४० प्रतिशत भाग जलेको र उनी अझै गम्भीर अवस्थामा रहेको उल्लेख छ।

आयुष वि.क., लोकराज उपाध्याय, सुरेन्द्रजंग थापा, स्मृति राईलगायत घाइतेहरूले संयुक्त रूपमा दिएको बयानमा भदौ २३ गतेको आन्दोलन स्वतःस्फूर्त र शान्तिपूर्ण रहेको, तर २४ गते बाहिरी घुसपैठपछि तोडफोड भएको र त्यसैलाई आधार बनाएर निर्दोष युवामाथि गोली चलाइएको दाबी गरिएको छ।

प्रतिवेदनअनुसार दुई दिनको आन्दोलनमा कुल २ हजार ५२२ जना घाइते भएका छन्। तीमध्ये १ हजार ३२८ जना प्रदर्शनकारी र २ हजार ६८ जना सुरक्षाकर्मी घाइते भएका उल्लेख छ। काठमाडौँ उपत्यकामा सबैभन्दा बढी घाइते भएको जनाइएको छ।

आयोगले भिड नियन्त्रणका नाममा सुरक्षाकर्मीले अन्धाधुन्ध रूपमा गोली र रबर बुलेट प्रयोग गर्दा ठूलो मानवीय क्षति भएको निष्कर्ष निकालेको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

युद्धविरामका लागि अमेरिकाको १५ बुँदे प्रस्ताव, इरान मौन

काठमाडौं, चैत ११ ।इरानसँग जारी द्वन्द्व अन्त्यका लागि अमेरिकाले १५ बुँदे सर्तसहितको प्रस्ताव पठाएको अन्तर्राष्ट्रिय

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

नागरिकताकै डाटाबाट राष्ट्रिय परिचयपत्र, अब छुट्टै फाराम भर्नु नपर्ने

चैत ९,काठमाडौँ। राष्ट्रिय परिचयपत्र बनाउँदा अब नागरिकले छुट्टै आवेदन फाराम (प्रि–इनरोलमेन्ट) भर्नु नपर्ने भएको छ

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत