युद्धविरामका लागि अमेरिकाको १५ बुँदे प्रस्ताव, इरान मौन

काठमाडौं, चैत ११ ।
इरानसँग जारी द्वन्द्व अन्त्यका लागि अमेरिकाले १५ बुँदे सर्तसहितको प्रस्ताव पठाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।अमेरिकाइरान बीचको तनाव कम गर्ने उद्देश्यले उक्त प्रस्ताव अघि सारिएको हो। इजरायल तथा अमेरिकी सञ्चारमाध्यमहरूको उद्धरण गर्दै पूर्व डोनाल्ड ट्रम्प प्रशासनले इरानलाई सर्तहरू पठाएको उल्लेख गरिएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम डोएचे वेले (डीडब्लू) का अनुसार अमेरिकााले पाकिस्तान मार्फत इरानलाई उक्त सन्देश पठाएको हो।अमेरिकी प्रस्तावअनुसार, इरानले सर्तहरू पालना गर्ने संकेत गरेमा तत्काल एक महिनाको युद्धविराम लागू गर्ने योजना रहेको द न्यूयोर्क टाइम्स ले जनाएको छ।

प्रस्तावमा इरानले आफ्ना तीन प्रमुख आणविक केन्द्र ध्वस्त पार्नुपर्ने तथा परमाणु संवर्द्धन (न्युक्लियर इन्फ्रिचमेन्ट) कार्यक्रम पूर्ण रूपमा अन्त्य गर्नुपर्ने सर्त समावेश गरिएको बताइएको छ।

यद्यपि, उक्त सर्तहरू प्राप्त भएको वा नभएको विषयमा इरानले आधिकारिक धारणा सार्वजनिक गरेको छैन। इरानले भने भविष्यमा आक्रमण नहुने स्पष्ट अन्तर्राष्ट्रिय सुनिश्चितता नभएसम्म आफूहरू लडाइँ जारी राख्ने अडान दोहोर्‍याएको छ। इरानी सैन्य अधिकारी इब्राहिम जोलफकरी ले “इरानी राष्ट्रविरुद्ध कारबाही गर्ने सोच अन्त्य नभएसम्म अवस्था सामान्य नहुने” प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

नागरिकताकै डाटाबाट राष्ट्रिय परिचयपत्र, अब छुट्टै फाराम भर्नु नपर्ने

चैत ९,काठमाडौँ। राष्ट्रिय परिचयपत्र बनाउँदा अब नागरिकले छुट्टै आवेदन फाराम (प्रि–इनरोलमेन्ट) भर्नु नपर्ने भएको छ

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

देखासिखी संस्कृतिलाई कडा कानुन बनाएर नियन्त्रण गर्न जरुरी

  अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज