सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड


१५ फागुन, काठमाडौँ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन सम्बन्धित सबै निकायले आ–आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्नुपर्ने बताएका छन्। नेकपा नुवाकोट–काठमाडौँ सम्पर्क समन्वय समितिले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले विषम परिस्थितिका बीच निर्वाचन हुन लागेकाले सुरक्षा निकाय, निर्वाचन आयोगलगायत सरोकारवाला सबै पक्ष सतर्क र जिम्मेवार हुनुपर्ने बताए।

सेना, प्रहरीलगायत राज्यका सुरक्षा संयन्त्रप्रति विश्वास व्यक्त गर्दै उनले सबै पक्षले जिम्मेवारी पूरा गर्न नसके भदौ २४ जस्तै घटना दोहोरिन सक्ने चेतावनी दिए। उनले निर्वाचन प्रक्रियामा कुनै प्रकारको धाँधली भएको भन्ने प्रश्न उठ्ने अवस्था आउन नदिन विशेष ध्यान दिन आग्रह गरे।

प्रचण्डले नेकपाले यसपटक कुनै पनि दलसँग चुनावी तालमेल नगर्ने स्पष्ट पार्दै जनताकै बलमा ‘अग्निपरीक्षा’ पार गर्ने बताए। निर्वाचन स्वच्छ र पारदर्शी ढंगले सम्पन्न भए नेकपालाई पहिलो पार्टी बन्न कसैले रोक्न नसक्ने उनको दाबी थियो।उनले भदौ २३ गते युवामाथि भएको दमन र भदौ २४ गते भएको विध्वंसका घटनाप्रति संकेत गर्दै अतिवादी र प्रतिक्रियावादी प्रवृत्तिविरुद्ध नेकपा दृढतापूर्वक उभिएको उल्लेख गरे।

देशव्यापी राजनीतिक अवस्था विश्लेषण गर्दै प्रचण्डले नेकपाको पक्षमा जनउभार देखिएको दाबी गरे। साथै, निर्वाचनमा अनियमितता हुन नदिन सबै बुथ र वडामा आवश्यक तयारी गर्न पार्टीले सर्कुलर जारी गरिसकेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपा केन्द्रीय समिति बैठक सोमबार

वैशाख ६,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सोमबार बस्ने भएको छ । पार्टी प्रवक्ता मनिष

डाटा सेन्टर, क्लाउड र साइबर सुरक्षामा लगानी गर्ने सरकारको घोषणा

२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा

ठगी, भ्रष्टाचार र मुद्दाको भुमरीमा पर्यटन क्षेत्र: यि हुन सुधारको बाटो !

अधिवक्ता तारा निधि पन्त नेपालको प्रमुख आयस्रोतका रूपमा स्थापित पर्यटन क्षेत्र अहिले गम्भीर कानुनी विवाद,

उद्योगमा गौरी कुमारी, श्रममा रामजी यादव नियुक्त

चैत २७, काठमाडौं। प्रधानमन्त्री बालेन शाह ले मन्त्रिपरिषद् विस्तार गर्दै उद्योग तथा श्रम मन्त्रालयमा दुई

पुराना सवारीलाई विद्युतीयमा रूपान्तरण गर्न कानुनी व्यवस्था गरिने

 चैत २३,काठमाडौ। सरकारले पेट्रोलियम पदार्थको बढ्दो आयात घटाउने र वातावरणीय प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यसहित डिजेल

सभामुखमा अर्याल निर्विरोध

 चैत २०, काठमाडौँ ।  प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद (डिपी) अर्याल निर्विरोध निर्वाचित भएका छन्।  राष्ट्रिय स्वतन्त्र