अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना देखाएका छन्। युरोपियन सेन्टर फर मिडियम रेन्ज वेदर फोरकास्ट (ECMWF) र ग्लोबल फोरकास्ट सिस्टम (GFS) ले माघ ९ देखि १३ गतेसम्म मौसमी प्रणाली सक्रिय भई माघेझरी पर्न सक्ने प्रक्षेपण गरेका हुन्। सो अवधिमा वर्षा भएमा यो चालु हिउँद यामको पहिलो झरी हुने देखिन्छ।

सामान्यतया मंसिर १५ देखि फागुन १६ गतेसम्मको अवधिलाई हिउँद याम मानिन्छ। यस अवधिमा औसत ६०.१ मिलिमिटर वर्षा हुनुपर्ने भए पनि डेढ महिना बितिसक्दा समेत उल्लेखनीय वर्षा हुन सकेको छैन। वर्षा नहुँदा काठमाडौं उपत्यकासहित देशका प्रमुख सहरमा धुवाँ–धूलो बढेको छ भने तराईदेखि हिमाली क्षेत्रसम्म डढेलो र आगलागीका घटना वृद्धि भइरहेका छन्।

मौसमविद विनोद पोखरेलका अनुसार माघ ९ देखि १३ गतेसम्म वर्षा हुने सम्भावना छ। हाल पश्चिमबाट सुख्खा बादल प्रवेश गरिरहेको भए पनि त्यसले वर्षा गराउने सम्भावना न्यून रहेको उनले बताए। तर अर्को साता प्रवेश गर्ने प्रणालीले भने पानी बोकेर ल्याउने सम्भावना रहेको उनको भनाइ छ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागका उपप्राध्यापकसमेत रहेका पोखरेलका अनुसार उक्त प्रणालीले सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै भूभागमा प्रभाव पार्ने देखिन्छ। लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेश आंशिक रूपमा प्रभावित हुन सक्ने अनुमान गरिएको छ। काठमाडौं उपत्यकामा भने वर्षा हुने सम्भावना कमजोर देखिएको उनले बताए। यद्यपि दीर्घकालीन प्रक्षेपण भएकाले प्रणालीको तीव्रतामा केही परिवर्तन हुन सक्ने उनले स्पष्ट पारे।

यसैबीच, जल तथा मौसम विज्ञान विभागका मौसमविद सञ्जीव अधिकारीले आगामी तीन दिन वर्षा हुने सम्भावना न्यून रहेको जानकारी दिए। उनका अनुसार शुक्रबार बेलुकी पश्चिमबाट सुख्खा बादल प्रवेश गर्ने देखिए पनि त्यसले वर्षा गराउने अवस्था छैन। सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली क्षेत्रमा भने हल्का हिमपात वा वर्षाको कमजोर सम्भावना रहेको उनले बताए।

विभागले हाल ७२ घन्टासम्मको मात्र मौसमी प्रक्षेपण गर्ने भएकाले अर्को साताको अवस्था यकिन गर्न कठिन रहेको अधिकारीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले