अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना देखाएका छन्। युरोपियन सेन्टर फर मिडियम रेन्ज वेदर फोरकास्ट (ECMWF) र ग्लोबल फोरकास्ट सिस्टम (GFS) ले माघ ९ देखि १३ गतेसम्म मौसमी प्रणाली सक्रिय भई माघेझरी पर्न सक्ने प्रक्षेपण गरेका हुन्। सो अवधिमा वर्षा भएमा यो चालु हिउँद यामको पहिलो झरी हुने देखिन्छ।

सामान्यतया मंसिर १५ देखि फागुन १६ गतेसम्मको अवधिलाई हिउँद याम मानिन्छ। यस अवधिमा औसत ६०.१ मिलिमिटर वर्षा हुनुपर्ने भए पनि डेढ महिना बितिसक्दा समेत उल्लेखनीय वर्षा हुन सकेको छैन। वर्षा नहुँदा काठमाडौं उपत्यकासहित देशका प्रमुख सहरमा धुवाँ–धूलो बढेको छ भने तराईदेखि हिमाली क्षेत्रसम्म डढेलो र आगलागीका घटना वृद्धि भइरहेका छन्।

मौसमविद विनोद पोखरेलका अनुसार माघ ९ देखि १३ गतेसम्म वर्षा हुने सम्भावना छ। हाल पश्चिमबाट सुख्खा बादल प्रवेश गरिरहेको भए पनि त्यसले वर्षा गराउने सम्भावना न्यून रहेको उनले बताए। तर अर्को साता प्रवेश गर्ने प्रणालीले भने पानी बोकेर ल्याउने सम्भावना रहेको उनको भनाइ छ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागका उपप्राध्यापकसमेत रहेका पोखरेलका अनुसार उक्त प्रणालीले सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै भूभागमा प्रभाव पार्ने देखिन्छ। लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेश आंशिक रूपमा प्रभावित हुन सक्ने अनुमान गरिएको छ। काठमाडौं उपत्यकामा भने वर्षा हुने सम्भावना कमजोर देखिएको उनले बताए। यद्यपि दीर्घकालीन प्रक्षेपण भएकाले प्रणालीको तीव्रतामा केही परिवर्तन हुन सक्ने उनले स्पष्ट पारे।

यसैबीच, जल तथा मौसम विज्ञान विभागका मौसमविद सञ्जीव अधिकारीले आगामी तीन दिन वर्षा हुने सम्भावना न्यून रहेको जानकारी दिए। उनका अनुसार शुक्रबार बेलुकी पश्चिमबाट सुख्खा बादल प्रवेश गर्ने देखिए पनि त्यसले वर्षा गराउने अवस्था छैन। सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली क्षेत्रमा भने हल्का हिमपात वा वर्षाको कमजोर सम्भावना रहेको उनले बताए।

विभागले हाल ७२ घन्टासम्मको मात्र मौसमी प्रक्षेपण गर्ने भएकाले अर्को साताको अवस्था यकिन गर्न कठिन रहेको अधिकारीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

‘जेनजीका नाममा भएका घटनाको सम्बवन्धमा ओलीकाे अन्तर्राष्ट्रिय मिडियालाइ िदएकाे ताजा अन्तर्वार्ताकाे सार यस्ताे छ’

“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम”   पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

रास्वपाको केन्द्रीय समिति विस्तारप्रति असन्तुष्टि, बालेनको कोटाबाट आएका नामबारे आन्तरिक आलोचना

काठमाडौं, पुस २५ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकै दिन ३३ जना नयाँ केन्द्रीय सदस्य

इपीएस परीक्षा पास गरेका उम्मेदवारको पक्षमा श्रम मन्त्रालयका तीन निर्णय

पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण