पुस २१ ,काठमाडौं । भारत भ्रमणअघि एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतबार बिहान करिब आधा घण्टा भेटवार्ता भएको छ। ललितपुरको एक निजी घरमा भएको भेटमा राष्ट्रियसभा सदस्य चुनाव, २१ फागुनको निर्वाचन र दलगत सहकार्यबारे छलफल भएको नेतानिकट स्रोतले जनाएको छ।
प्रचण्ड सचिवालयका अनुसार दुवै नेता चुनावमा सहभागी हुनुपर्नेमा सहमत देखिए पनि सरकारले चुनावको अनुकूल वातावरण नबनाएको निष्कर्षमा पुगेका छन्। भेटलाई तत्काल सहमतिभन्दा पनि निरन्तर संवाद र विश्वास निर्माणतर्फको ‘आइसब्रेक’का रूपमा हेरिएको छ।
राष्ट्रियसभा चुनाव र आगामी निर्वाचनमा सहकार्यबिना परिणाम हासिल गर्न कठिन हुने बुझाइ दुवै पक्षमा देखिएको छ। यसक्रममा कांग्रेस, एमाले र नेकपा मिलेर साझा रणनीति बनाउने सम्भावनाबारे समेत अनौपचारिक छलफल भएको बताइएको छ।
नेताहरूले आन्तरिक राजनीति र भूराजनीतिक अवस्थाको विश्लेषणसमेत गरेका छन्। स्रोतका अनुसार प्रमुख दल कमजोर पार्ने प्रयास भइरहेको निष्कर्षसहित तीन दल मिलेर वैकल्पिक राजनीतिक शक्तिसँग प्रतिस्पर्धा गर्नुपर्ने बहस अघि बढेको छ।
काठमाडौं, ३ भदौ । सर्वोच्च अदालतले चेक अनादर (चेक बाउन्स) सम्बन्धी पुराना मुद्दामा पाँच वर्षकै
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
२९ साउन २०८३, काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सर्वोच्च अदालतमा
काठमाडौं, २८ साउन — पत्रकार किशोर श्रेष्ठको बिनाशर्त रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौं