खोला किनारको मापदण्ड खारेजको माग गर्दै माइतीघरमा प्रदर्शन

पुस १७, काठमाडौं ।

काठमाडौं उपत्यकाका नदी तथा खोलाको मापदण्ड खारेजको माग गर्दै खोला किनारका पीडितहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। गैरन्यायिक रूपमा लागू गरिएको खोला तथा सडक मापदण्ड खारेज गर्न माग गर्दै गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिको आयोजनामा प्रदर्शन गरिएको हो। बागमती, विष्णुमती, मनोहरा लगायत नदी तथा खोलाका किनारमा बसोबास गर्ने पीडितहरू प्रदर्शनमा सहभागी थिए।

प्रदर्शनकारीहरूले ‘मापदण्डको नाममा जनता विस्थापित गर्न पाइँदैन’, ‘फैसला होइन, न्याय देऊ’ र ‘जनतालाई उठिबास गराउने गैरन्यायिक खोला मापदण्ड खारेज गर’ जस्ता नारा लेखिएका ब्यानर बोकेर आफ्ना माग राखेका थिए।

दुई वर्षअघि सर्वोच्च अदालतले नदी क्षेत्र संरक्षणका लागि बागमती, विष्णुमती, मनोहरा लगायत उपत्यकाका ठूला नदी तथा खोलामा किनारबाट थप २० मिटर जग्गा छाडेर मात्र संरचना निर्माण गर्न पाउने आदेश दिएको थियो। यसअघि २०६५ सालमा पनि मन्त्रिपरिषद्ले २० मिटर छाड्नुपर्ने निर्णय गरेको थियो।

सर्वोच्च अदालतको आदेश कार्यान्वयनका लागि काठमाडौं महानगरपालिकाले सूचना जारी गरेपछि प्रभावित क्षेत्रका बासिन्दाहरूले मापदण्ड खारेजको माग गर्दै आन्दोलन थालेका हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राइडर गणेश नेपालीको मृत्यु : अत्यधिक जरिवाना र श्रमिकको मानसिक दबाबबारे गम्भीर बहस

राइडर्स युनियनको प्रश्न– ‘समस्या नीतिमा छ, तीन ट्राफिकमाथिको छानबिनले मात्र समाधान हुँदैन’ काठमाडौं, असार २६

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सुरु, सात रुग्ण उद्योगको मूल्याङ्कन अघि बढ्दै

काठमाडौँ, असार २३ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत

शशिभूषण यादव विरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ

उच्च पदाधिकारीको सम्पत्ति छानबिन सुरु

काठमाडौँ, वैशाख १७ ।  सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न