कुलमान घिसिङको घोषणा : ‘अबको मेरो बाटो राजनीतिक हुनेछ “

बुधबार, पुस २३, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिँदै अब आफ्नो यात्रा राजनीतिक हुने घोषणा गरेका छन्। राजीनामापछि बुधबार साँझ आयोजित पत्रकार सम्मेलनमा घिसिङले “अबको मेरो बाटो राजनीतिक हुनेछ” भन्दै औपचारिक रूपमा राजनीतिक यात्रामा होमिने संकेत दिएका हुन्।

घिसिङले ११५ दिनको कार्यकालपछि दिएको राजीनामालाई भाग्ने वा जिम्मेवारीबाट पन्छिने निर्णय नभई आत्मसम्मान, नैतिकता र जनताप्रतिको प्रतिबद्धताको निरन्तरता भएको बताए। “पदभन्दा ठूलो सिद्धान्त हुन्छ, कुर्सीभन्दा माथि आत्मसम्मान र सरकारभन्दा ठूलो जनता,” उनले भने।

उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच भएको सहमतिमा आफ्नो नाम उल्लेख भए पनि उक्त सहमति औपचारिक रूपमा कार्यान्वयनमा नआएको र हालसम्म कुनै पनि राजनीतिक दलको सदस्यता नलिएको उनले स्पष्ट पारे। औपचारिक राजनीतिक प्रवेश गरेपछि मात्र पार्टी सदस्यता लिने आफ्नो धारणा रहेको घिसिङको भनाइ छ।

पत्रकार सम्मेलनमा उनले कार्यकालका प्रमुख उपलब्धिहरू पनि सार्वजनिक गरे। सर्लाही–रौतहटमा ५०० डिप ट्युबेलमार्फत २२ हजार ५०० हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने निर्णय, नेपाल–भारतबीच अन्तरदेशीय प्रसारण लाइन सम्झौता, बंगलादेशलाई थप विद्युत निर्यातको सहमति, रुग्ण ठेक्काहरू तोडेर पुनः काम अघि बढाइएको, मनसुनजन्य विपद् व्यवस्थापनमा राज्यको सक्रिय उपस्थिति देखाइएकोलगायत विषय उनले उल्लेख गरे।

लोडसेडिङका बेला डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गर्ने उद्योगबाट उठ्न बाँकी प्रिमियम महसुल असुली सुरु गरिएको, बञ्चरेडाँडाको फोहोर व्यवस्थापन, मेलम्ची खानेपानी, कोदारी सडक र बीपी राजमार्ग सञ्चालनमा ल्याइएका कामलाई पनि उनले स्मरणयोग्य उपलब्धि बताए।

घिसिङले आफू पदबाट बाहिरिए पनि जनताको पक्ष, राष्ट्रको हित र सत्यको बाटो नछोड्ने प्रतिबद्धता व्यक्त गर्दै ‘उज्यालो नेपाल’ बनाउने लक्ष्यसहित सशक्त रूपमा राजनीतिक यात्रामा लाग्ने घोषणा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

‘जेनजीका नाममा भएका घटनाको सम्बवन्धमा ओलीकाे अन्तर्राष्ट्रिय मिडियालाइ िदएकाे ताजा अन्तर्वार्ताकाे सार यस्ताे छ’

“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम”   पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष