रास्वपाको केन्द्रीय समिति विस्तारप्रति असन्तुष्टि, बालेनको कोटाबाट आएका नामबारे आन्तरिक आलोचना

काठमाडौं, पुस २५ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकै दिन ३३ जना नयाँ केन्द्रीय सदस्य मनोनयन गरेपछि पार्टीभित्र असन्तुष्टि देखिएको छ। विशेषगरी वरिष्ठ नेता बालेन्द्र साह (बालेन) को कोटाबाट मनोनित २६ जना केन्द्रीय सदस्यको सूचीलाई लिएर पार्टीका नेताहरूले आन्तरिक रूपमा आलोचना गरेका छन्।

हिजो बसेको केन्द्रीय समितिको बैठकले सुरुमा विवेकशील साझा पृष्ठभूमिबाट आएका सात जनालाई र त्यसपछि बालेनको कोटाबाट २६ जनालाई केन्द्रीय समितिमा मनोनयन गरेको हो। विवेकशील साझा पक्षबाट आएका नामहरू तुलनात्मक रूपमा स्वीकार्य रहेको टिप्पणी पार्टीभित्र सुनिएको छ। समीक्षा बास्कोटा र रञ्जु दर्शना जस्ता नेतृहरूले राजनीतिक हैसियत बनाइसकेको भन्दै उनीहरूको मनोनयनलाई स्वाभाविक मानिएको छ।

तर बालेनको तर्फबाट मनोनित नामहरूलाई लिएर भने असन्तोष देखिएको छ। पार्टीका केही नेताहरूका अनुसार सूचीमा परेकामध्ये धेरैजसोको स्पष्ट राजनीतिक पृष्ठभूमि, संगठनात्मक अनुभव वा राष्ट्रिय स्तरको परिचय नरहेको गुनासो छ। कतिपय नेताहरूले अधिकांश नाम पार्टीभित्र नै अपरिचित रहेको र व्यक्तिगत निकटताका आधारमा छनोट गरिएको आशंका व्यक्त गरेका छन्।

केन्द्रीय समितिमा रहेकी एक नेतृले नाम नखुलाउने सर्तमा भनिन्, “केन्द्रीय समितिमा ल्याइएकामध्ये धेरैको राजनीतिक क्षमता र आधार कमजोर देखिन्छ। कम्तीमा वडा तहमा चुनाव जित्ने अनुभवसमेत नभएकाहरू पनि परेका छन्।”

पार्टीका अर्का एक नेताले भने, “रास्वपामा नयाँ र सक्षम अनुहार ल्याइने अपेक्षा थियो। तर सूची हेर्दा बालेनसँग व्यापक राजनीतिक सर्कल नरहेको सन्देश गएको छ,” भन्दै पार्टी नेतृत्वले मनोनयनअघि योग्यता र पृष्ठभूमि गम्भीर रूपमा मूल्यांकन गर्नुपर्ने धारणा राखे।

मनोनित २६ जनामध्ये केही बालेनको सचिवालयमा कार्यरत व्यक्ति पनि छन्। मेयर साहका भौतिक पूर्वाधार सल्लाहकार सुनील लम्साल, प्रमुख स्वकीय सचिव भूपदेव, तथा सचिवालयसँग जोडिएका अन्य व्यक्तिहरू केन्द्रीय सदस्य बनेका छन्। यस्तै, सिरहाकी पूर्वउपमेयर डा. नमिता यादव, इन्जिनियर सागर ढकाल, साहित्यकार गणेश पौडेल, कलाकार लक्ष्मी बर्देवा लगायतका नाम पनि सूचीमा परेका छन्।

सूचीमा केही जेन–जी अभियन्ता, सञ्चारकर्मी, व्यवसायी तथा पूर्वराजनीतिक दलका प्रतिनिधिहरू समावेश छन्। तर केही नामहरू विवादास्पद पृष्ठभूमिसँग जोडिएका भन्दै पार्टीभित्र प्रश्न उठेको छ।

केन्द्रीय समिति विस्तारलाई पार्टी नेतृत्वले संगठन विस्तार र विविध पृष्ठभूमिका व्यक्तिलाई समेट्ने प्रयासका रूपमा व्याख्या गरे पनि, मनोनयन प्रक्रिया र मापदण्डप्रति आन्तरिक बहस चर्किँदै गएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

ओलीको अपिल: राष्ट्रको पक्षमा स्पष्ट निर्णय लिन मतदातालाई आग्रह

काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका

आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका छ: केपी शर्मा ओली

विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका

बालेनलाई लक्षित गर्दै ओलीको कटाक्ष– ‘कुनै बच्चालाई सोध्यो भने पनि प्रधानमन्त्री बन्छु भन्न सक्छ’

काठमाडौं, फागुन ११ । केपी शर्मा ओलीले केही व्यक्तिहरूले हठात् रूपमा आफूलाई प्रधानमन्त्री घोषणा गर्ने

झापा–५ केन्द्रित प्रतिबद्धतासहित बालेन शाहको घोषणापत्र सार्वजनिक

काठमाडौं, ११ फागुन। झापा निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बालेन्द्र शाह (बालेन)ले

रास्वपालाई एमालेको चेतावनी : ‘हाम्रो धैर्यतालाई कमजोरी नठान्नू’

फागुन ८, काठमाडौं । नेकपा एमाले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताद्वारा दाङको तुल्सीपुर