समानुपातिक अधिकार कुण्ठित गरिएको भन्दै माइतीघरमा विरोध प्रदर्शन

पुस १८, २०८२, काठमाडौं । संविधानले सुनिश्चित गरेको समानुपातिक समावेशी अधिकार कुण्ठित गरिएको आरोप लगाउँदै ‘महिला अधिकारका लागि दबाब अभियान’ले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ। अभियानका सहभागीहरू शुक्रबार बिहान माइतीघरमा भेला भई बानेश्वरसम्म विरोध र्‍यालीसहित प्रदर्शनमा उत्रिएका हुन्।

आगामी २१ फागुनमा हुने निर्वाचनका लागि राजनीतिक दलहरूले निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्द सूची बुझाइसकेका छन्।

तर ती सूचीमा संविधानको मर्मअनुसार समावेशी प्रतिनिधित्व सुनिश्चित नगरी सेलिब्रेटी र पार्टी नेतृत्वका आफन्तहरूलाई प्राथमिकताका साथ समावेश गरिएको भन्दै विरोध भइरहेको छ।

प्रदर्शनकारीहरूले समानुपातिक प्रणालीको दुरुपयोग बन्द गर्न, महिलालगायत सीमान्तकृत समुदायको हक अधिकार सुनिश्चित गर्न र बन्द सूची पुनरावलोकन गर्न माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

‘जेनजीका नाममा भएका घटनाको सम्बवन्धमा ओलीकाे अन्तर्राष्ट्रिय मिडियालाइ िदएकाे ताजा अन्तर्वार्ताकाे सार यस्ताे छ’

“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम”   पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष