अब सफ्टवेयरबाटै कर्मचारी सरुवा

काठमाडौँ, पुस १६ — सरकारले कर्मचारी सरुवामा देखिँदै आएको बेथिति अन्त्य गर्न सफ्टवेयर प्रणालीमार्फत सरुवा व्यवस्थापन गर्ने तयारी गरेको छ। पहुँच र दबाबका आधारमा सरुवा हुने अभ्यास रोक्दै निष्पक्ष, पारदर्शी र तटस्थ प्रणाली लागू गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा सफ्टवेयर कार्यान्वयनमा ल्याउन लागेको हो।

यसअघि निर्माण भइसकेको सरुवा सफ्टवेयरलाई कर्मचारीका वैयक्तिक विवरण अद्यावधिक गरी प्रयोगमा ल्याइने मन्त्रालयले जनाएको छ। निश्चित अवधि पुगेपछि प्रणालीले नै कर्मचारी सरुवाको सिफारिस गर्ने, कर्मचारी र रिक्त दरबन्दीबारे जानकारी दिने र अवधि नपुग्दै हुने सरुवालाई निरुत्साहित गर्ने व्यवस्था गरिएको छ।

मन्त्रालयका सचिव चन्द्रकला पौडेलका अनुसार सफ्टवेयर सञ्चालनमा आएपछि कर्मचारीको सेवा अवधि, कार्यरत कार्यालय, अनुभव र योग्यता लगायतका विवरण एकै ठाउँमा उपलब्ध हुनेछन्। “प्रणालीले दिएको निर्देशनअनुसार सरुवाका लागि नाम छनोट गर्न सकिनेछ र त्यसैबाट सरुवा प्रणालीको स्थायित्व कायम हुनेछ,” उहाँले भन्नुभयो।

सरुवा व्यवस्थापन सफ्टवेयरलाई राष्ट्रिय किताबखाना (निजामती) को प्रणालीसँग आबद्ध गरी कर्मचारीको योग्यता, विशेष क्षमता, अनुभव र ज्येष्ठताका आधारमा डाटा प्रोसेसिङ गरिनेछ। साथै संगठनको दरबन्दी संरचना, कार्यरत अवधि र रिक्त दरबन्दीको विश्लेषण तथा प्रतिवेदन निकाल्ने सुविधा विकास गरिने मन्त्रालयले जनाएको छ।

प्रशासन शाखाका उपसचिव अनुज घिमिरेले सफ्टवेयरमार्फत सरुवा गर्दा विगतका सबै बेथिति अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो। “राइट पर्सन इन राइट प्लेस” को सिद्धान्त कार्यान्वयन गर्न मन्त्रालय निरन्तर काम गरिरहेको उहाँको भनाइ छ।

विषयगत मन्त्रालय तथा विभागको कार्यसम्पादन सुधार गर्न मन्त्रालय तथा विभागस्तरीय सरुवा मापदण्ड तयार गरी लागू गरिनेछ। प्रदेश र स्थानीय तहका सरुवासमेत प्रणालीकै आधारमा व्यवस्थापन गर्ने तयारी गरिएको छ।

ऐनसँग नबाझिने मापदण्ड

निजामती सेवा ऐन, नियमावली, स्थानीय सरकार सञ्चालन ऐन र सुशासनसम्बन्धी कानुनसँग नबाझिने गरी सरुवा मापदण्ड प्रस्ताव गरिएको मन्त्रालयले जनाएको छ। यसबाट स्थानीय तहमा खटाइएका प्रमुख प्रशासकीय अधिकृत फिर्ता भई मन्त्रालयको अतिरिक्त समूहमा बस्नुपर्ने परम्पराको अन्त्य हुने अपेक्षा गरिएको छ।

कर्मचारी सरुवाका निवेदन अनलाइनबाट लिइनेछन्। सरुवाका लागि सबै कर्मचारीले अनिवार्य रूपमा वैयक्तिक विवरण (पीआरएस) अद्यावधिक गर्नुपर्नेछ। सरुवा हुन लागेको कर्मचारीले मात्र निवेदन दिन पाउने र औचित्य तथा आवश्यकताको आधारमा मात्र सरुवा गरिने व्यवस्था सफ्टवेयरमा समावेश गरिने मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

‘जेनजीका नाममा भएका घटनाको सम्बवन्धमा ओलीकाे अन्तर्राष्ट्रिय मिडियालाइ िदएकाे ताजा अन्तर्वार्ताकाे सार यस्ताे छ’

“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम”   पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष