निर्वाचन आयोगद्वारा ‘निर्वाचन आचारसंहिता–२०८२’ स्वीकृत, माघ पहिलो सातादेखि कार्यान्वयनमा

काठमाडौँ, पुस १३ । निर्वाचन आयोगले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ‘निर्वाचन आचारसंहिता–२०८२’ स्वीकृत गरेको छ। आयोगको आइतबार सम्पन्न बैठकले आचारसंहिता अनुमोदन गरेको हो।

स्वीकृत आचारसंहिता माघ महिनाको पहिलो सातादेखि लागू हुने आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए।

यसअघि आयोगले आचारसंहिता–२०८२ को मस्यौदा सार्वजनिक गरी सरोकारवाला निकायहरूबाट सुझाव माग गरेको थियो। प्राप्त सुझावहरूलाई समेटेर आचारसंहितालाई अन्तिम रूप दिइएको आयुक्त भण्डारीले बताए।

आयोगका अनुसार यसपटक आचारसंहिताको दायरा अघिल्ला निर्वाचनको तुलनामा थप व्यापक बनाइएको छ। पहिले मुख्यतः सचेतनामुखी रहेको आचारसंहिता यसपटक कार्यान्वयन तथा कारबाहीमुखी बनाइएको पनि उनले स्पष्ट पारे।

तत्काल आचारसंहिता लागू गर्दा सरकारका नियमित कामकारबाही प्रभावित हुन सक्ने भएकाले त्यसलाई मध्यनजर गर्दै माघ पहिलो सातादेखि कार्यान्वयन गर्ने निर्णय गरिएको आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकताकै डाटाबाट राष्ट्रिय परिचयपत्र, अब छुट्टै फाराम भर्नु नपर्ने

चैत ९,काठमाडौँ। राष्ट्रिय परिचयपत्र बनाउँदा अब नागरिकले छुट्टै आवेदन फाराम (प्रि–इनरोलमेन्ट) भर्नु नपर्ने भएको छ

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’