निर्वाचन आयोगद्वारा ‘निर्वाचन आचारसंहिता–२०८२’ स्वीकृत, माघ पहिलो सातादेखि कार्यान्वयनमा

काठमाडौँ, पुस १३ । निर्वाचन आयोगले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ‘निर्वाचन आचारसंहिता–२०८२’ स्वीकृत गरेको छ। आयोगको आइतबार सम्पन्न बैठकले आचारसंहिता अनुमोदन गरेको हो।

स्वीकृत आचारसंहिता माघ महिनाको पहिलो सातादेखि लागू हुने आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए।

यसअघि आयोगले आचारसंहिता–२०८२ को मस्यौदा सार्वजनिक गरी सरोकारवाला निकायहरूबाट सुझाव माग गरेको थियो। प्राप्त सुझावहरूलाई समेटेर आचारसंहितालाई अन्तिम रूप दिइएको आयुक्त भण्डारीले बताए।

आयोगका अनुसार यसपटक आचारसंहिताको दायरा अघिल्ला निर्वाचनको तुलनामा थप व्यापक बनाइएको छ। पहिले मुख्यतः सचेतनामुखी रहेको आचारसंहिता यसपटक कार्यान्वयन तथा कारबाहीमुखी बनाइएको पनि उनले स्पष्ट पारे।

तत्काल आचारसंहिता लागू गर्दा सरकारका नियमित कामकारबाही प्रभावित हुन सक्ने भएकाले त्यसलाई मध्यनजर गर्दै माघ पहिलो सातादेखि कार्यान्वयन गर्ने निर्णय गरिएको आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

इपीएस परीक्षा पास गरेका उम्मेदवारको पक्षमा श्रम मन्त्रालयका तीन निर्णय

पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग