सरकार पुनरुत्थान र पुनर्निर्माणको बाटोमा अघि बढ्न सफल : अर्थमन्त्री खनाल

३ पुस, काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले जेन–जी आन्दोलनपछिको तीन महिनामा सरकारले पुनरुत्थान र पुनर्निर्माणको दिशामा अघि बढ्दै नागरिकमा आशा जगाउन सफल भएको बताएका छन्।

बिहीबार काठमाडौंमा गोरखापत्र संस्थानको अंग्रेजी प्रकाशन दि राइजिङ नेपालको ६१औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै अर्थमन्त्री खनालले भदौ २३ र २४ को घटनापछि देश गम्भीर अनिश्चितताको अवस्थामा पुगेको अनुमान गरिए पनि सरकारले ९० दिनभित्रै ती आशंकालाई चिर्दै तीव्र गतिमा पुनर्निर्माणको बाटो समातेको बताए।

उनले भने, “भदौ २३ र २४ को घटनापछि एक साताभित्रै नेपाल अनिश्चितताको भुमरिमा फस्ने, अर्थतन्त्र ध्वस्त हुने र नागरिकले गम्भीर कठिनाइ भोग्नुपर्ने अनुमान गरिएको थियो। तर त्यसको विपरीत, हामी ९० दिनको अवधिमै पुनरुत्थान, पुनर्निर्माण र आशा जगाउने दिशामा अघि बढ्न सफल भएका छौँ।”

अर्थमन्त्री खनालका अनुसार कच्चा पदार्थको आयात बढ्नुले उत्पादन गतिविधिमा गतिशीलता आएको संकेत गरेको छ। पछिल्ला तीन महिनामा आर्थिक गतिविधि चलायमान भएको तथ्यांकले देखाएको उनको भनाइ छ।

भदौ महिनामा केही ह्रास देखिए पनि असोज, कार्तिक, मंसिर र पुस महिनाको हालसम्म करिब १० प्रतिशतको हाराहारीमा कर राजस्व वृद्धि भएको उनले जानकारी दिए।

“अर्थतन्त्र चलायमान छ कि छैन भन्ने मूल्याङ्कन मूल्यवृद्धि कर, अन्तःशुल्क र भन्सार राजस्व संकलनबाट स्पष्ट हुन्छ,” उनले भने, “कच्चा पदार्थ, उपभोग्य तथा अन्तरमध्यवर्ती वस्तुको आयातले उत्पादन र उपभोग दुवै बढाएको छ, जसको प्रभाव पछिल्ला महिनाहरूको राजस्व वृद्धिमा देखिएको छ।”

उनका अनुसार पछिल्ला तथ्यांकले अर्थतन्त्र क्रमशः स्थायित्वतर्फ उन्मुख हुँदै गएको संकेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज