‘चुनाव हुन नदिनु भन्ने अधिकार जेन–जीलाई छैन’ : मेयर महर्जन

२ पुस, काठमाडौँ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले घोषित निर्वाचन हुन नदिनु भन्ने अधिकार कुनै पनि समूहलाई नभएको स्पष्ट पारेका छन्। उनले जेन–जी समूहले ‘चुनाव हुन दिन्नौँ’ भन्ने अभिव्यक्ति दिनु उचित नभएको बताए। ललितपुर महानगरपालिकाको १०७औँ स्थापना दिवसका अवसरमा बुधबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै मेयर महर्जनले घोषित निर्वाचनलाई सफल बनाउन जेन–जीसहित सबै पक्षले सहयोग गर्नुपर्नेमा जोड दिए।

पछिल्लो समय जेन–जीको अभिव्यक्ति परिवर्तन भएकोप्रति चिन्ता व्यक्त गर्दै उनले उनीहरू अझै परिपक्व नहुन सक्ने उल्लेख गरे। “सम्मानीय प्रधानमन्त्रीज्यूको वर्तमान सरकारको मुख्य दायित्व फागुन २१ गते हुने निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नु हो,” उनले भने, “तर पछिल्लो कालखण्डमा जेन–जीले चुनाव हुन दिन्नौँ भन्ने किसिमको भाव व्यक्त गर्नु ठीक होइन। चुनाव हुनैपर्छ।”

मेयर महर्जनले जेन–जीलाई आफ्ना अभिभावकसरह व्यक्तिहरूले अघि सारेका लोकतान्त्रिक प्रक्रियामा सहयोग गर्न आग्रह गरे। आफ्नो दुई कार्यकालमा महानगरभित्र उल्लेखनीय परिवर्तन गर्न सफल भएको दाबी गर्दै मेयर महर्जनले अहिले पनि महानगरमा दैनिक रूपमा नयाँ–नयाँ विकास र सुधारका काम निरन्तर भइरहेको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट